४ पुस २०८२, शुक्रबार | December 20, 2025

स्पाईनल मस्कुलर अट्रोफीपीडित बालिकालाई गल्कोट समाज जापानको सात लाख बढी सहयोग



जापान । मानवीय सेवामा सधै अग्रस्थानमा रहदै आएको गल्कोट समाज जापानले स्पाईनल मस्कुलर अट्रोफी पीडित बालिका सियोना श्रेष्ठको उपचारमा आर्थिक सहयोग गरी अर्को एक उदाहरणीय कार्य गरेको छ।

नवलपरासीको रामग्राम २ घर भएका डा.सन्दीप श्रेष्ठ र नर्स एलिना श्रेष्ठकी १० महिनाकी छोरी सियोना श्रेष्ठ संसारमा विरलै देखिने स्पाईनल मस्कुलर अट्रोफी नामक रोगबाट ग्रस्त भएकी छन्।

विश्वका अन्य देशमा समेत उपचार असम्भव जस्तै भएको यो रोगको अमेरिकामा मात्रै उपचार सम्भव छ। उक्त रोगको उपचारका लागि करीब २१ लाख अमेरिकी डलर अर्थात नेपाली करीब २५ करोड खर्च लाग्ने परिवारको जानकारीसॅगै यो अभियान संचालन गरेको गल्कोट समाज जापान विपत तथा मानवीय सेवा विभाग संयोजक रत्नसिंह बस्नेतले जानकारी दिए।

नेपालीहरु एक अर्काको दुखमा संसारको जुन सुकै कुनामा भए पनि हातेमालो गरेर एकअर्काको दुख पार लगाउन सधै तत्पर रहन्छौ भन्ने प्रमाणित गर्दै यस गल्कोट समाज जापानले पनि सियोना श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान संचालन गरेको थियो ।

समाजको यस अभियानमा छोटो समयमा सात लाख त्रिसठ्ठी हजार, तीन सय सतसठ्ठी नेपाली रुपैया संकलन भएको थियो।

संकलित रकम नेपाल हस्तान्तरण गरी सकेको समाजले जानकारी दिएको छ भने सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको