२ जेष्ठ २०८३, शनिबार | May 17, 2026

राष्ट्रपति भण्डारी छठ पूजामा सहभागी नहुने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड-१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौंका विभिन्न स्थानमा सरिक नहुने भएकी छन ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन्। राष्ट्रपति भण्डारी विगत वर्षमा काठमाडौँका गुहेश्वरी-गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन ।

राष्ट्रपति भण्डारी यस वर्षको वडादशैंका अवसरमा शक्तिपीठको दर्शन र भ्रमणमा पनि गएकी थिइनन । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ ।

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्नेछन ।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।

यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ ।

यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ ।

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरूसमेत रहेको छ । वैज्ञानिक, ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन ।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ७ : ३१ बजे

खजुराबाट जुवातास खेलिरहेका १३ जना पक्राउ

खजुरा । बाँकेको खजुराबाट जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले रङ्गेहात

भैरहवामा ‘सिद्धार्थ फुड एन्ड फन’ हुँदै

भैरहवा । भैरहवामा आगामी जेठ ९ र १० गते ‘सिद्धार्थ

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

नवलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण

भोलीदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस