२० मंसिर २०८२, शनिबार | December 6, 2025

भारतको उत्तरप्रदेशमा बिहेबाट फर्किँदै गरेको जीप दुर्घटना, १४ जनाको मृत्यु



एजेन्सी । भारतको उत्तर प्रदेशको प्रतापगढमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । प्रयागराज-लखनऊ राजमार्गमा जिप र ट्रक ठोक्किँदा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको हो ।

विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

चालक निदाएका कारण दुर्घटना भएको अनुमान स्थानीय प्रहरी अधिकारीले गरेका छन् । टायर पञ्चर भएका कारण उक्त ट्रक सडक किनारमा रोकिएको थियो ।

दुर्घटना यति भयानक थियो कि जिपलाई काटेर शवहरु बाहिर निकाल्नु परेको थियो । प्रहरीका अनुसार मृतकहरुमध्ये १२ जना कुँडा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् ।

दुर्घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्दै घाइतेहरुको उद्धार तथा उपचारमा खटिन अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १० : ०९ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय