१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रेल सेवा छिटो सञ्चालन गर्न नेपाल–भारतका अधिकारी सहमत, नेपाली कर्मचारीलाई भारतले प्रशिक्षण दिने



काठमाडौं । जयनगर–कुर्था रेलमार्ग संचालनबारे रेलमार्ग सहकार्यसम्बन्धी नेपाल–भारत संयुक्त कार्यदलको चौथो बैठक सम्पन्न भएको छ ।

भिडियो कन्फरेन्समार्फत सम्पन्न बैठकमा यात्रुबाहक रेलसेवा सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे दुवै पक्षले छलफल गरेका छन् ।

बैठकमा नेपाल रेलवे कम्पनीले यात्रुबाहक रेल सेवालाई सुचारु गर्नका निमित्त आवश्यक पर्ने स्टयाण्र्डड अपरेटिङ प्रोसिड्युर (एसओपी) बारे समेत छलफल भएको छ ।

यसैगरी जयनगर–बिजलापुर–बर्दिबास र जोगबनी–विराटनगरको बीचमा अघि बढिरहेका सीमापार रेलमार्ग परियोजनाहरुबारे पनि समीक्षा भएको छ ।

तत्कालीन ब्रिटिश इन्डियाले न्यारो गेजको रुपमा निर्माण गरेको उक्त रेलमार्ग खण्डलाई भारतको ६ अर्ब ८ करोड नेपाली रुपैयाँको सहयोगमा ब्रोड गेजमा स्तरोन्नति गरिएको छ ।

रेल सेवा संचालनका लागि नेपालले भारतबाट दुईवटा रेल सेट खरिद गरेको छ । तर, आवश्यक जनशक्तिको अभावमा अझै पनि ति रेल संचालन हुन भने सकेका छैनन् । रेल सेवामा कार्यरत नेपाली कर्मचारीहरुको क्षमता विकास गर्न तथा नेपालको आवश्यकता अनुसार कर्मचारीहरुलाई नेपाल र भारतमा प्रशिक्षण दिने समेत सहमति भएको छ ।

बैठकमा भारतकोे ३ अर्ब २० करोड लागतमा निर्माण गरिरहेको कुर्थादेखि बिजलापुरसम्मको बाँकी खण्डको निर्माण सम्पन्न गर्न आवश्यक आपसी सहयोग तथा समन्वयबारे समेत छलफल भएको छ ।

यसैगरी भारतको जोगवनीदेखि विराटनगरबीचमा सञ्चालित अन्य अन्तरदेशीय रेलमार्ग परियोजनालाई छिटो सम्पन्न गर्न पनि दुवै देश सहमत भएका छन् ।

बैठकमा नेपाली टोलीको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल प्रसाद सिग्देलले गरेका थिए भने भारतको नेतृत्व भारतको रेल मन्त्रालयका ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंहले गरेका थिए ।

बैठकमा नेपालका तर्फबाट रेल विभागका महानिर्देशक, नेपाल रेलवे कम्पनीका महाप्रबन्धक लगायत नेपाल सरकार गृह मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो ।

यस्तै, भारतको तर्फबाट भारतीय रेल विभाग, विदेश मन्त्रालय, काठमाडौस्थित भारतीय राजदूतावास, कोंकण रेलवे तथा क्ष्ऋइल् का वरिष्ठ अधिकारीहरुको सहभागिता थियो ।

 

 

 

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १२ : १९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान