३० माघ २०८१, बुधबार | February 12, 2025

डिजिटल बैंकिङ्गमा फड्को मार्दै सेन्चुरी बैंक, अनलाइन एकाउन्ट सेवा सुचारु



काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङ्ग कारोवारलाई अझै सहज बनाउन अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ ।

डिजिटल बैंकिङ्गमा फड्को मार्दै अगाडि बढेको बैंकले कोरोना भाइरसको कारणले गर्दा बैंकका ग्राहकलाई पर्न गएको बैंकिङ्ग समस्याको समाधानको निम्ति बैंकले डिजिटल बैंकिङ्गलाई अझै सहज बनाउने उद्देश्यले ग्राहकको सेवालाई ध्यानमा राखी सेञ्चुरी सहज खाता (Century Sahaj Khata) सेञ्चुरी क्लीक एकाउन्ट (Century Click Account) भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको हो ।

यो योजनामा ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० % को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ ।

बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल्ली खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुदाँ  डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिदैं उक्त बचत खाताहरुमा प्रबर्धनको निम्ति बढि ब्याजदर दिइएको बैंकको भनाई छ ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी Century Pay मार्फत Wallet को कारोबार समेत गर्न सकिनेछ । यस नयाँ सेवा मार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रति दिन रु. ५,००० – बराबर Cash Less कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक रु. १,००,००० सम्म कारोवार गर्न सकिने बैंकले जनाएको छ ।

यस्तै सेञ्चुरी क्लीक एकाउन्टमा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक रु. १५,००,००० सम्म कारोवार समेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको बैंकको दावी छ ।

उक्त खाताहरु खोल्दा आवश्यक Verification code बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र संचालन गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ४ : ३३ बजे

अष्ट्रेलियाको सात सहरमा नेपथ्य

काठमाडौं । नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ।

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको

‘नो केबलकार’ आन्दोलनकारीलाई फेरि वार्तामा आउन आह्वान

काठमाडौं । गृह मन्त्रालयले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङस्थित ‘नो केबलकार’ आन्दोलनरत्

अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छ : मुख्यमन्त्री आचार्य

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तर प्रदेश सहकार्य

सत्ताको दुरुपयोग : माधव नेपाल र बेदुराम भुसालसंगको फोटो देखाएर लाखौंको ठगी

नेपालगन्ज । आफु सदस्य रहेको पार्टी सत्तामा रहेको मौकाको दुरुपयोग