२९ बैशाख २०८२, सोमबार | May 13, 2025

उद्योग वाणिज्य महासंघ निर्वाचनका लागि उम्मेदवारको नामावली सार्वजनिक



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा मार्फत चयन हुने नयाँ कार्यसमितिका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ ।

महासंघको निर्वाचन समितिले शुक्रबार उम्मेदवारहरुको अन्तिम नामावली जारी गरेको हो । निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु सहित कार्यकारिणी समिति सदस्यहरुको कुल ६४ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले बताएको छ ।

महासंघको चुनावमा दुई प्यानल देखिएका छन् । जसअन्तर्गत चन्द्रप्रसाद ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ, जिल्लानगरतर्फ गुणनिधि तिवारी र एशोसिएटतर्फ रामचन्द्र सघाईको उम्मेदवारी परेको छ ।

यस्तै किशोर प्रधानको समूहतर्फ वस्तुगततर्फ अञ्जन श्रेष्ठ, जिल्लानगरतर्फ दिनेश श्रेष्ठ र एशोसिएटतर्फ शौरभ ज्योतीको उम्मेदवारी परेको छ । निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीअनुसार जिल्ला नगरतर्फको १८ पदका लागि ३८ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै वस्तुगततर्फको १४ पदका लागि २९ जना, एशोसिएट तर्फको १९ पदका लागि ३३ को उम्मेदवारी परेको छ । यस्तै निर्वाचन क्षेत्र संस्थापक सदस्य समूहतर्फ एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । निर्वाचनका लागि उम्मेदवारी दिनेहरुले आफ्नो अनुभवलाई देशको समग्र व्यवसायीक क्षेत्रको हित, विकास र विस्तारका लागि प्रयोग गर्न उम्मेदवारी भएको बताएका छन् ।

मतदान गर्न पाउने सदस्यहरुको नामावली समेत महासंघ निर्वाचन समितिले प्रकाशित गरिसकेको छ । जसमध्ये जिल्लानगर उद्योग वाणिज्य संघतर्फ रहेको १ सय ७ सदस्य मध्ये प्रदेश १ मा २३ जना, प्रदेश २ मा १२ जना, बागमती प्रदेशमा १६ जना, गण्डकी प्रदेशमा १३ जना, लुम्बिनी प्रदेशमा २२ जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा १० जना सदस्य तथा संघसंस्था रहेका छन् ।

यस्तै वस्तुगततर्फ १ सय १ सदस्य रहेका छन् । मतदान गर्न पाउने द्विराष्ट्रिय उद्योग वाणिज्य संघ समूहतर्फ १२ जना, एशोसिएट तर्फ ९ सय २१ सदस्यहरु रहेका छन । यसबाहेक १२ वटा संस्थापक सदस्य तथा संघसंस्थाहरुले समेत मतदान गर्न पाउनेछन् ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ४ : ४० बजे

पूर्वपश्चिम राजमार्गको चोरमारामा पुल भासियो, राजमार्ग पूर्ण अवरुद्ध

नवलपुर । राजमार्गको पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला

नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्रीले गरे उद्घाटन

काठमाडौ । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला

रुकुमपश्चिम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रुकुमपश्चिम । सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा