११ श्रावण २०८३, सोमबार | July 28, 2026

उद्योग वाणिज्य महासंघ निर्वाचनका लागि उम्मेदवारको नामावली सार्वजनिक



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा मार्फत चयन हुने नयाँ कार्यसमितिका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ ।

महासंघको निर्वाचन समितिले शुक्रबार उम्मेदवारहरुको अन्तिम नामावली जारी गरेको हो । निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु सहित कार्यकारिणी समिति सदस्यहरुको कुल ६४ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले बताएको छ ।

महासंघको चुनावमा दुई प्यानल देखिएका छन् । जसअन्तर्गत चन्द्रप्रसाद ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ, जिल्लानगरतर्फ गुणनिधि तिवारी र एशोसिएटतर्फ रामचन्द्र सघाईको उम्मेदवारी परेको छ ।

यस्तै किशोर प्रधानको समूहतर्फ वस्तुगततर्फ अञ्जन श्रेष्ठ, जिल्लानगरतर्फ दिनेश श्रेष्ठ र एशोसिएटतर्फ शौरभ ज्योतीको उम्मेदवारी परेको छ । निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीअनुसार जिल्ला नगरतर्फको १८ पदका लागि ३८ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै वस्तुगततर्फको १४ पदका लागि २९ जना, एशोसिएट तर्फको १९ पदका लागि ३३ को उम्मेदवारी परेको छ । यस्तै निर्वाचन क्षेत्र संस्थापक सदस्य समूहतर्फ एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । निर्वाचनका लागि उम्मेदवारी दिनेहरुले आफ्नो अनुभवलाई देशको समग्र व्यवसायीक क्षेत्रको हित, विकास र विस्तारका लागि प्रयोग गर्न उम्मेदवारी भएको बताएका छन् ।

मतदान गर्न पाउने सदस्यहरुको नामावली समेत महासंघ निर्वाचन समितिले प्रकाशित गरिसकेको छ । जसमध्ये जिल्लानगर उद्योग वाणिज्य संघतर्फ रहेको १ सय ७ सदस्य मध्ये प्रदेश १ मा २३ जना, प्रदेश २ मा १२ जना, बागमती प्रदेशमा १६ जना, गण्डकी प्रदेशमा १३ जना, लुम्बिनी प्रदेशमा २२ जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा १० जना सदस्य तथा संघसंस्था रहेका छन् ।

यस्तै वस्तुगततर्फ १ सय १ सदस्य रहेका छन् । मतदान गर्न पाउने द्विराष्ट्रिय उद्योग वाणिज्य संघ समूहतर्फ १२ जना, एशोसिएट तर्फ ९ सय २१ सदस्यहरु रहेका छन । यसबाहेक १२ वटा संस्थापक सदस्य तथा संघसंस्थाहरुले समेत मतदान गर्न पाउनेछन् ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ४ : ४० बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला