८ पुस २०८२, मंगलबार | December 23, 2025

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजाको समापन गरिंदै



काठमाडौं । आज कार्तिक शुक्ल सप्तमी, शनिबार । छठ पर्वको अन्तिम दिन । उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिन्छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज अन्तिम दिन भएकाले उदाउँदो सूर्यलाई अर्घ्य चढाएर समापन गर्न लागिएको हो ।

यस अवसरमा देशका विभिन्न क्षेत्रलगायत काठमाडौं उपत्यकाको बागमती किनारमा बनाइएको छठघाटमा सयौँको संख्यामा सहभागी भक्तजनहरु हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिए ।

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजनहरुले हिजो साँझ अस्ताउँदो सूर्यलाई नदी किनारमा अर्घ्य दिएका थिए । यसलगत्तै भक्तजनहरु रातभर जाग्राम बसेका थिए ।

यो वर्ष कोरोना भाइरस संक्रमण जोखिमका कारण ठूलो संख्यामा मानिसहरु भेला नहुन सरकारले आग्रह गरेको थियो । छठ पर्व मनाएमा मनोकांक्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।

छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर अर्थात खरना षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार खान्छन ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ ।

षष्ठीका दिन रातभर जाग्राम बसी कात्तिक शुक्ल सप्तमी अर्थात आजका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ६ : ३० बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना