२ फाल्गुन २०८१, शुक्रबार | February 14, 2025

बैतडीको सडकमा रहेका सीसीटीभी र सौर्य बत्ती मर्मत



बैतडी । बैतडीको पाटन नगरपालिका बजार क्षेत्रमा बिग्रिएका सिसीटिभी क्यामेरा र सौर्य सडक बत्ती मर्मत गरिएको छ ।

बजार क्षेत्रका सीसीटीभी क्यामेरा मर्मत भएका र यसले अपराध न्यूनीकरणमा समेत सहयोग पुग्ने इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।

उनले भने, “बजार क्षेत्रमा भइरहेका गतिविधिका बारेमा सीसीटीभी क्यामेराबाट थाहा भइरहेको हुन्छ । त्यसको कन्ट्रोल प्रहरीसँग भएकाले केही अवाञ्छित क्रियाकलाप भएमा तुरुन्त एक्सन लिन सजिलो हुन्छ ।”

नगरपालिकाको बजार क्षेत्रका सीसीटीभी क्यामेरा मर्मत कार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए । यस्तै बजार क्षेत्रका सौर्य सडक बत्ती मर्मतको कामसमेत भइरहेको उनले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ९ : ३१ बजे

श्रमिक महिलाको पीर : आमा बन्ने कि जागिर रोज्ने ?

काठमाडौं । अर्घाखाँचीकी सङ्गीता थापा बुटवलको अमरपथस्थित ब्युटी कलेक्सनमा काम

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो

सरकारको आम्दानी र खर्च दुवै कमजोर, विकास खर्च १९ प्रतिशतमा खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको

परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज ओमन प्रस्थान

आज रानीमहल पुग्दै प्रेमिल जोडी

पाल्पा । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर