४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँकेमा उपचाररत ४२ जना कोरोना संक्रमितको अवस्था गम्भीर



नेपालगन्ज । बाँकेमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितहरुको मृत्यु हुनेको संख्या बढेको देखिएको छ । जिल्लामा ३७ जना जिल्ला भित्रका र ४४ जना बाँके बाहिरका संक्रमितको मृत्यु हुँदा विभिन्न अस्पतालको आइसोलेशनमा उपचाररत ४२ जनाको अवस्था अहिले पनि चिन्ताजनक अवस्थामा रहेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)बाँकेले जनाएको छ ।

सीसीएमसीको तथ्यांक अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका ९ महिला र १५ पुरुष गरि २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने कोहलपुरका ७, खजुराका दुई, जानकी, बैजनाथ, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक–एक जनाको मृत्यु भएको छ । बाँकेको डुडुवा गाउँपालिका भने आज सम्म मृत्यु भोग्नु नपरेको पालिकाका परेको छ ।

बाहिरी जिल्लाबाट उपचारका लागि आएका मध्ये सवैभन्दा धेरै दाङबाट उपचारका लागि आएका संक्रमितको मृत्यू भएको छ । दाङका १८, बर्दियाका ८, कैलाली र कञ्चनपुरका चार–चार, सुर्खेतका ३, दैलेखका दुई, अर्घाखाँची, पश्चिम रुकुम, अछाम र रोल्पाका एक–एक जना कोरोना संक्रमितको उपचारको क्रममा बाँकेका आइसोलेशनमा मृत्यु भएको सीसीएमसी बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बाहिरी जिल्लाबाट उपचार गराउन आएकाको अधिकांश शिक्षण अस्पतालमा मृत्यु भएको छ । बाहिरी जिल्लाका भेरी अस्पतालमा १७, शिक्षण अस्पतालमा २६ र वेष्टर्न अस्पतालमा एकको मृत्यु भएको श्रेष्ठले बताए ।

मृतक मध्य बाँकेमा एक जनाको क्वारेन्टिन र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको छ ।

बाँकेको दुईवटा अस्पतालको कोरोना आइसोलेशनमा रहेका ४२ जना गम्भीर संक्रमित मध्य भेरी अस्पतालको आइसोलेशनमा रहेका ३२ जना र नेपालगन्ज मेडिकल कलेजमा १० जनाको अवस्था गम्भिर रहेको श्रेष्ठले बताए ।

स्वास्थ्य मापदण्ड अनुसार अक्सिजन चढाएका बिरामीलाई गम्भीर भन्नु पर्ने भएपनि अधिकांस संक्रमितहरुको निको हुने सम्भावना बढी हुने श्रेष्ठको भनाई छ ।

भृरी अस्पतालमा ७२ जना र शिक्षण अस्पताल कोहलपुर आइसोलेशनमा ३९ जना कोरोना संक्रमितको उपचार भइृरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  १० : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको