२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्रसंघका महासचिवद्वारा जी २० का नेताहरुलाई एकताबद्ध हुन आग्रह



न्यूयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वका द्धारा जी २० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा सम्वाददाताहरुसँग कुरा गर्दै महासचिव गुटर्रेसले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याहरुको समाधानका लागि एकताबद्ध हुन र आपसी सहयोगका साथ अघि बढ्न आग्रह गरेका हुन् ।

जी २० को यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुन लागेको छ । सो बैठकको अघि उनले विश्वका नेताहरुलाई यो आग्रह गरेको बताइएको छ ।

विश्वमा अहिले विशेष गरेर कोभिड १९ को संक्रमण देखा परिरहेको छ र यस्तो अवस्थामा विश्वमा आर्थिक मन्दीको अवस्था पनि देखिएको छ भन्दै उनले यस्ता र अरु पनि समस्याहरु रहेको बताए ।

त्यसैले यी समस्याहरुको समाधान गर्नका लागि विश्वका नेताहरुले एक भएर काम गर्नुपर्ने र भन्दै उनले सो कुरामा जोड दिएका थिए । ‘विश्वका जी २० का नेताहरुको यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुदैछ, त्यसमा मेरो पनि सहभागिता हुनेछ, तर मेरो सन्देश निकै साधारण छ र त्यो सन्देश हो कि विश्वमा अहिले देखा परेका विभिन्न खालका समस्याहरुको समाधानका लागि हामीले एकताबद्ध भएर लाग्नुपर्दछ ।’

महासचिव गुटर्रेसले कोभिड १९ को समस्याले निरन्तर रुपमा सपशपवका कैयौँ देशलाई समस्यामा पारिरहेकोले यस महामारीबाट बाहिर निस्किन र आर्थिक र अरु पनि समस्याको समाधान गर्न जी २० को नेताहरु पनि लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  १ : १६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय