२७ श्रावण २०८३, बुधबार | August 13, 2026

काठमाडौंको शान्तिबाटिकामा शंखधर साख्वा र पद्मरत्न तुलाधरको शालिक अनावरण



काठमाडौं । राष्ट्रिय विभूति शंखधर साख्वा र प्रजातान्त्रिक आन्दोलनका सुत्राधार पद्मरत्न तुलाधरको शालिक अनावरण गरिएको छ ।

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’ मा निर्माण गरिएको शाख्वा र तुलाधरको शालिक अनावरण गरेका हुन् ।

शालिक अनावरणपछि सहरी विकासमन्त्री श्रेष्ठले शाख्वा र तुलाधर दुबै ईतिहास पुरुष भएको बताए । नेपाल सम्वतलाई राष्ट्रिय संवतका रुपमा स्थापित गर्नु भन्नेमा कसैले पनि विमति नराख्ने उल्लेख गर्दै उनले रत्नपार्कलाई ‘शंखधर उद्यान’ घोषणा गरी वामपन्थी आन्दोलनका अगुवा तुलाधर र प्राजातान्त्रिक आन्दोलनका अगुवा शंखधर साख्वाको शालिक निर्माण हुनु ईतिहासको सम्मान भएको बताए ।

महानगरपालिकाका प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्तिहरुलाई विर्सन चाहेर पनि विर्सन नसकिने बताए । उपत्यकाबासीका लागि शंखधर र पद्मरत्न सबै मनमुटुमा रहेको उल्लेख गर्दै मेयर शाक्यले उनीहरुलाई सधै सबैले चिन्न र देख्न सकुन भन्नेर उहाँहरुको सम्मान पार्कभित्र शालिक निर्माण गरिएको बताए ।

कार्यक्रममा वागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँल, सहरी विकास राज्यमन्त्री रामविर मानन्धर, महानगर उपप्रमख हरि प्रभा खड्गी पनि सहभागि थिए ।

पछिल्लो समय विगतमा राजा र रानीहरुका नाममा रहेका संरचनाहरुलाई भत्काएर राष्ट्रिय व्यक्तित्वहको नामबाट नामाकरण गर्ने प्रचलन बढेको छ । त्यसैअनुसार लामो समयदेखि रत्नपार्कको नामले चिनिएको पार्कको नाम राष्ट्रिय विभूति शंखधर साख्वाको नामबाट नामाकरण गरी आज साख्वा र तुलाधरको शालिक अनावरण गरिएको हो ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  २ : ५९ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको