२४ बैशाख २०८१, सोमबार | May 6, 2024

नेता सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई तुरुन्त कारवाही गर : झलनाथ खनाल



काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेता सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार गर्नेलाई तुरुन्त कारवाही गर्न माग गरेका छन् ।

खनालले विज्ञप्ती जारी गर्दै भनेका छन्, कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैह्र जिम्मेवारपुर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु ।

साथै कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न खनालले सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण गराएका छन् ।

चितवनको राप्ती नगरपालिकास्थित विरेन्द्रनगरमा अगुवा कार्यकर्ता भेला सम्बोधनका क्रममा स्थायी कमिटी सदस्य पाण्डेलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समर्थित कार्यकर्ताले पार्टी एकताबिरोधी भन्दै अभद्र व्यवहार गरेका थिए ।

यसअघि वरिष्ठ नेता माधवकुमार नेपाले पनि नेता सुरेन्द्र पाण्डेमाथि भएको आक्रमणको भ्रत्सर्ना गर्दै  छानविनको माग गरेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ७ : २१ बजे

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष