२७ श्रावण २०८३, बुधबार | August 12, 2026

साहित्य सन्ध्यामा समसामयिक कविता वाचन



काठमाडौ । साहित्य सन्ध्याको नियमित मासिक ४१०औँ शृङ्खलामा आज समसायिक विषयका कविता र रचना वाचन गरिएका छन् ।

जुम प्रविधिबाट आयोजित कार्यक्रममा काठमाडौँबाट प्रा डा जीवेन्द्रदेव गिरी, कृष्ण सुवेदी, गोमा कटुवाल, रमेश पोखरेल, ज्ञानु विद्रोही, प्रा डा खेम दाहाल, अनिता लामा, महेशराज खरेल, जयन्ती स्पन्दन, सीताराम नेपाल तथा पुष्पमणि प्रधान नेपालगञ्ज, बालकृष्ण लामिछाने इलाम, हरि तिमिल्सिना, मीना बराल र लेकप्रसाद प्याकुरेल नेपालगञ्ज, विधान आचार्यलगायतले रचना वाचन गरेका थिए।

समाालोचक डा अमर गिरीले वाचित रचनामा मुलुकमा देखापरेका समकालीन समस्या बाह्य हस्तक्षेप, विसङ्गत परिवेश, साम्राज्यवादी–प्रभुत्ववादी उत्पीडन, नवऔपनिवेशिक उत्पीडन तथा राष्ट्रिय चेतनाका अभिव्यक्ति कवितामा समाहित भएर आएको टिप्पणी गरे ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयले इलामबाट धरान हुँदै दाङ, नेपालगञ्जसम्मका स्रष्टाको उत्साहपूर्ण सहभागिताले विषम स्थितिमा पनि साहित्यको प्रवाह रोकिँदैन भन्ने सन्देश मिलेको बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ८ : ५६ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको