२७ श्रावण २०८३, बुधबार | August 12, 2026

स्वास्थ्य सेवा लिन चार घण्टा हिँडनुपर्ने अवस्था हट्यो



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ स्थित लिस्ती काङ्लाङवासीको स्वास्थ्य सेवा लिन चार घण्टाको पैदल हिँडनुपर्ने अवस्था शनिबारदेखि हटेको छ ।

गाउँमै एकाइ स्वास्थ्यचौकी निर्माण भएपछि उनीहरुको पैदल हिँडेर स्वास्थ्य सेवा लिन जानुपर्ने अवस्था हटेको हो ।

लिस्ती काङ्लाङमा निर्माण भएको एकाइ स्वास्थ्यचौकीको शनिबार वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले उद्घाटन गरे ।

अब काङ्लाङवासीले घाउ जाँच, गर्भवती जाँच, ओपिडी, खोप सञ्चालन, गाउँघर क्लिनिकलगायत सेवा सोही स्वास्थ्यचौकीबाट पाउने भएका छन् ।

सो एकाइ स्वास्थ्यचौकी सङ्घीय सरकारको विशेष अनुदानबाट निर्माण भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ९ : १९ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको