२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

विश्वका विभिन्न मुलुकका कोरोना संक्रमित नेपालीमध्ये ९१ प्रतिशत संक्रमणमुक्त



लण्डन । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकोमा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

कोरोना संक्रमण सुरु भएयता विदेशका १९ देशमा रहेका २ सय ९३ जना नेपालीको कोरोना संक्रमणका कारणले निधन भएको छ ।

समितिका अनुसार कोरोना भाइरसका कारणले हाल सम्म सबै भन्दा बढी साउदी अबरमा ८४ जना र यस्तै युकेमा ६९ जना र भारतमा ४० जना नेपालीको निधन भएको छ ।

भारतमा निधन भएका ४० जना मध्ये १० जना महिला भएको नयाँ डिल्लीस्थित अलइन्डिया इन्टिच्यूट अफ साइन्समा कार्यरत डा. सागर पौडेलले जानकारी दिएको स्वास्थ्य समितिले जनाएको छ ।

समितिका संयोजक डा. सापकोटाका अनुसार यो साता स्पेन, युके, यस्तै युएई, कतार, साउदी अरब, र जापानमा थप संक्रमण देखिएको छ । यसका साथै नेपाली समुदायमा संक्रमण देखिएको देशको सूचीमा नर्बे पनि थपिएको छ ।

हालसम्म नेपालमा मात्र २ लाख १८ हजार ६ सय ३९ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन भने ती मध्ये १ लाख ९३ हजार ३ सय २५ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८८ दशमलव ४ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ३ सय ५ जनाको ज्यान गएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा विगत ३२ साता देखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्दै आएको छ ।

तथ्यांक संकलन गर्न डा। कुश श्रेष्ठ (अष्टेलिया), डा. सागर पौडेल (भारत), एलिजा केसी (जापान), सांग्रीला सुन्दरी लामा (स्पेन), संर्घष केसी (नेदरल्याण्ड), चिरन्जीवी खड्का (चेक रिपव्लिका), सागर सुवेदी (अष्टिया), डा. बोध सुवेदी (पोल्याण्ड), सरिता पाण्डे भट्टराई (साउथ अफ्रिका), बसन्त गौतम (फिन्ल्याण्ड) डा. देवी बस्नेत (कोरिया), डा. नितेश अर्याल (कतार), सत्य चौधरी (अमेरिका), यासमिन बेगम सैयद (साउदी अरेबिया) , डा. दीलिप कुमार यादव र शुनिल शाह (युके) ले एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिलाई सहयोग गर्दै आएका छन् ।

यसैबीच गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विवाह, विभिन्न पारिवारिक समारोह लगायतका मानिसको जमघट बढी हुने कार्यक्रममा सकेसम्म सावधानी अपनाउन अनुरोध गरेको छ ।

त्यस्ता समारोहमा कम संख्यामा मात्रै उपस्थित हुने र डेढदेखि दुई मिटरसम्मको भौतिक दुरी कायम गर्न समितिका संयोजक डा. सञ्जिव सापकोटाले आग्रह गरेका छन् ।

कोरोना महामारी थप तीव्र रुपमा फैलिँरहेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाउनुको विकल्प नभएको उनको भनाइ छ ।

विश्वका विभिन्न खोप निर्माण कम्पनीले कोरोनाविरुद्धको खोपको परीक्षण ९५ प्रतिशत बढी प्रभावकारी र सफल भएको दाबी गरिरहेको प्रसंग जोड्दै डा. सापकोटाले आशाका नयाँ किरण देखिएपनि अहिले नै ढुक्क हुन सक्ने समय नआएकोले स्वास्थ्य सावधानी नै एक मात्र उपाय भएको बताए ।

जाडो मौसम सुरु भएका विभिन्न मुलुकमा इन्फ्लुएञ्जा, फ्लू लगायतका स्वास्थ समस्या समेत देखिने भएकोले त्यसतर्फ समेत सचेत रहन डा सापकोटाले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १ : ४२ बजे

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ब्यागेज व्यवस्थापनको ‘लाइभ फिड’ सेवा सुरु

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘उच्च पहाडी तथा

सुनको मूल्य पाँचहजार ९००ले घट्यो, चाँदीको के छ ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी

बुटवलमा आजदेखि तीनदिने दीपावली सडक खाना महोत्सव

बुटवल । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा आजदेखि