५ पुस २०८२, शनिबार | December 20, 2025

काठ कटान, ओसारपसार र बिक्रिवितरण गर्न दिन माग



काठमाडौं । राष्ट्रिय वन उपभोक्ता महासंघ नेपालले काठ कटान, ओसार पोसार र विक्रि वितरण तत्काल खुला गर्न सरकारसँग माग गरेको छ ।

साल बाहेकका काठ मात्र खुलाउने सरकारी निर्णयले १ करोड ४० लाख बढी उपभोक्तहरु आफ्नो घरगोठ बनाउनबाट बञ्चित भएको भन्दै महासंघले यस्तो माग गरेको हो ।

देशभरीका २२ हजार २ सय ६६ सामुदायिक वन व्यवस्थापन गरिरहेका २९ लाख घरधुरी र १ करोड ४० लाख उपभोक्ताहरु आफ्नो दैनिक कामबाट समेत बञ्चित भएको महासंघको भनाई छ । सामुदायिक वनले स्थानीय गरिब विपन्न वर्षलाई गर्द आएको सहयोग रोकिँदा चाड पर्व समेत मनाउन नपाएको महासंघका अध्यक्ष भारती पाठकले बताए । अहिले वन व्यवस्थापनका लागि अपनाइएको पद्धती समेत गलत भएको उनले जिकिर गरे ।

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गर्दै प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयहरुले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई रोकेर त्यसमा रहेको बजेट सामुदायिक वन व्यवस्थापनको काममा लगाउन पनि माग गरेको छ । उत्पादन बढाउने विधि र प्रकृया राखी सबैको सहभागितामा सामुदायिक वनको कार्ययोजना परिमार्जन गर्नुपर्ने पाठकले बताए ।

महासंघले दिगो विकास लक्ष्य प्रतिको प्रतिवद्धता, सामुदायिक वनको स्वायत्तता, जैविक विविधता संरक्षण, लैंगिक समानता र सामाजिक समावेशीकरणर्लाइ समेत ध्यानमा राखेर दिगो वन व्यवस्थापन गर्न माग गरेको छ । सामुदायिक वन उपभोक्त समूहको सुशासन र क्षमता अभिवृद्धिका लागि वन सम्बन्धि सबै तहका निकायहरुले सामुदायिक वन उपभोक्त महासंघसँग सहकार्य गर्नुपर्ने, उद्यम सञ्चालनको लागि सामुदायिक वनमा लगाइएको दुरी तत्काल हटाउनुपर्ने माग पनि महासंघको छ ।

महासंघले चुरे संरक्षण र व्वस्थापन स्थानीय समुदायका नेतृत्वमा हुने गरी वन ऐनमा व्यवस्था गर्न पनि माग गरेको छ । मध्यवती तथा संरक्षण क्षेत्रका सामुदायिक वन धार्मिक वन र कवुलियती वनहरुलाई राष्ट्रिय वनमा भएका सामुदायिक वन, धार्मिक वन र कबुलियति वन सरह अधिकार दिन पनि माग गरेको छ ।

महासंघको माग पुरा नभएको आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुने भएकाले त्यसतर्फ पनि ध्यान दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ५ : ४८ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने