११ भदौ २०८३, बिहिबार | August 27, 2026

कोरोना जोखिमका कारण हुम्लामा जिल्ला अस्पताल र विद्यालय बन्द



सिमकोट । चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाका आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको छ ।

आज बिहान २८ वर्षीय चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका सम्पूर्ण सेवा अनिश्चित समयका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिन थालेपछि जिल्लामा सङ्क्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए ।

उनले सङ्क्रमित चिकित्सकका सम्पर्कमा आएका अन्य सबै स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरिने बताए । यसअघि एकजना अनमीमा कोरोना पुष्टि हुँदा जिल्ला अस्पतालका सम्पूर्ण सेवा बन्द गरिएको थियो ।

कोरोना जोखिमका कारण सबै विद्यालय बन्द

कोभिड–१९ को उच्च जोखिमका कारण जिल्लाका सम्पूर्ण विद्यालय यही मङ्सिर ५ गतेदेखि बन्द भएका छन् ।

उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिका–६ को याल्वाङ्ग गुम्बामा आठजनामा कोरोना सङ्क्रमण देखिएपछि प्रजिअ चिरञ्जीवी गिरीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले मङ्सिर ५ गतेदेखि अनिश्चितकालका लागि जिल्लाका सम्पूर्ण विद्यालय बन्द गर्ने र आवतजावतमा रोक लगाउने निर्णय गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ६ : ०० बजे

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र

चिनियाँ पक्षको दाबी – नेपाली भूभागमै भूकम्प र हिमपहिरो जाँदा बाढी आयो

काठमाडौं। नेपाल र चीनमा ठूलो जनधनको क्षति हुने गरी आएको

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा