५ पुस २०८२, शनिबार | December 20, 2025

शल्यक्रिया गर्ने क्रममा सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तोडफोड



लहान । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै सिराहाको लहानस्थित एक अस्पतालमा तोडफोड गरिएको छ ।

सिरहाको सुखीपुर नगरपालिका-९ वैशाखा निवासी २७ वर्षीया आरती साहको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएपछि मृतकका आफन्तले लहानस्थित डिभाइन हेल्थ केयरमा आइतबार तोडफोड गरेका हुन ।

चिकित्सककै लापरबाहीले आरतीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन । आरतीलाई सुत्केरी व्यथा लागेपछि प्रसूति गराउन शनिबार साँझ सो अस्पताल भर्ना गरिएको थियो ।

शल्यक्रियाका क्रममा आरतीको मृत्यु भएपछि चिकित्सकसहित अस्पतालका सञ्चालक र अन्य कर्मचारीसमेत फरार भएका छन । सुत्केरीको मृत्यु भए पनि जन्मिएको शिशु भने सकुशल रहेको र त्यो अस्पतालबाट शिशुलाई सप्तऋषि अस्पताल लगिएको छ ।

लापरवाही गर्ने चिकित्सक तथा अस्पताललाई कारबाहीको माग गर्दै आफन्तजनले आरतीको शवसमेत शल्यक्रिया कक्षबाट उठाउन दिएका छैनन । लापरबाही गर्ने चिकित्सकलाई कारबाही नगरेसम्म शव नउठाउने मृतकका श्रीमान प्रमोद साहले बताए ।

चिकित्सककै लापरबाहीका कारण आरतीको मृत्यु भएको भन्दै दोषीमाथि कारबाही नभए शव नउठाउने मृतक परिवारको भनाइ छ । यता घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । रासस

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ७ : ४४ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य