२५ असार २०८३, बिहिबार | July 9, 2026

काठमाडौं बिश्वबिद्यालय बिरुद्ध बाँकेमा नाराबाजी



नेपालगन्ज । एमबीबीएस पुरा गरि १ वर्ष इन्टर्नसिप पुरा गर्दा समेत बिश्वबिद्यालयले एमबीबीएस पुरा गरेको प्रमाणपत्र नदिएको भन्दै काठमाडौं बिश्वबिद्यालय अन्तर्गतका बिद्यार्थीहरुले बिश्वबिद्यालयका बिरुद्ध बाँकेमा नाराबाजी गरेका छन् ।

बिश्व बिद्यालय अन्तर्गतका मेडिकल कलेजबाट एबीबीएस पुरा गरि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक वर्ष इन्टर्नसिप गरेका चिकित्सकहरुले बिश्वबिद्यालय बिरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले एमबीबीएसको कागजाज दिन बिश्वबिद्यालयले आनाकानी गरेको र सुरुमा १ वर्ष इन्टर्नसिपको सम्झौता गरेर पछि १ महिना थप गरेको आरोप लगाएका छन् ।

एमबीबीएस पूरा गरेपछि नेपाल मेडिकल काउन्सिलले निर्धारण गरेको एक वर्ष इन्टर्नसिप पुरा गर्दा पनि काठमाडौं विश्वविद्यालयले थप एक महिना इन्टर्नसिप गर्नुपर्ने निर्णय गरेपछि आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको आन्दोलनमा सहभागी एक चिकित्सकले बताए ।

हातमा कालो पट्टि बाँधेर मेडिकल कलेज कोहलपुरको प्राङ्गणमा भेला भएका एमबिबिएस पूरा गरेका डक्टरहरुले काठमाण्डौं विश्वविद्यालयले गरेको निर्णयका बिरुद्धमा नाराबाजी समेत गरेका थिए ।

 

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ५ : ५८ बजे

‘बालेनको पुलिस होइन’ भन्ने डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए

धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइनौं’ भन्ने

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट । देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका-३३ मा निर्माण सम्पन्न भएको २२

भेरी-बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत । राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने