४ पुस २०८२, शुक्रबार | December 20, 2025

बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या, बलात्कारपछि हत्या गरिएको भन्दै स्थानीयको प्रदर्शन



महोत्तरी । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या भएको छ।

बर्दिबास नगरपालिका वडा नं. १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुन आइतबारदेखि वेपत्ता थिइन । साँझ चकलेट किन्न भनेर घरबाट निस्किएकी खातुन घर फर्किनन् ।

बालिका खातुनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको छ । खातुनको हत्या गरेर शवलाई बोरामा बेरेर झाडीमा फालेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रहरीले बालिका हत्याको आरोपमा गौशाला ५ घर भै बर्दिबासमै किराना पसल गर्ने २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको छ । साहले खातुनको हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताएका छन् ।

पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै यथार्थ थाहा हुने प्रहरीले जनाएको छ । बलात्कार गरेर हत्या गरेको हो या होइन भन्ने कुरा भने अनसुन्धान पछि मात्रै थाहा लाग्ने रेग्मीले बताए ।

स्थानीयले भने घटनाको प्रकृति हेर्दा बलात्कार पछि हत्या गरेको आंशका गरेका छन् । साहले बलिकालाई अपहरण गरेर घरमा लगेको बलात्कार गरेपछि हत्या गरेको आरोप स्थानीयको छ ।

बालिका हत्या भएको आशंका गर्दै स्थानीय बासिन्दाले बर्दिबास राजमार्ग क्षेत्रमा आज बिहानैदेखि प्रदर्शन गरेका छन् । स्थानीयले गरेको प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गमा सवारी आवगमन ठप्प भएको छ ।

 

 

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको