३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

बालिका हत्या प्रकरण : बर्दिबासमा गोली चल्यो, ३ जना घाईते



महोत्तरी । बर्दिबासकी ६ वर्षीया बालिका हत्याको बिरुद्धमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । बालिका गुलाब साह खातुनको बालत्कार गरी हत्या गरेको भन्दै स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको हो।

प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार प्रहरीको गोली लागेर बर्दिबासका संजय भनिने बुद्धिराज न्यौपाने, अफताब आलम र श्याम कार्की घाइते भएका छन्।

न्यौपानेको तिघ्रामा, आलमको टाउकोमा गोली लागेको प्रत्यक्षदर्शीले बताए । न्यौपाानेको थप उपचारका लागि पिनायक हस्पिटलबाट काठमाडौं रेफर गरिएको छ भने अन्य घाइतेको शुभ स्वस्तिक हस्पिटलमा उपचार हुँदै छ।

आइतबार बेलुकादेखि बर्दिबास नगरपालिका १४ शुभम् बस्तीबाट हराएकी सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव बोरामा राखेर फालेको अवस्थामा फेला परेको थियो।

उनलाई स्थानीय अरुण किराना पसलका संचालक २५ वर्षीय अरुण कुमार साहले बलात्कार गरी हत्या गरेको स्थानीयबासीको आरोप छ । साहले हत्या आफुले गरेको र शव बोरामा राखेर फालेको प्रहरी समक्ष स्वीकार गरिसकेको प्रहरी श्रोतले उल्लेख गरेको छ।

बालिका बलात्कार तथा हत्याको बिरोधमा बिहानैदेखि बर्दिबासमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन भइरहेको छ।

प्रदर्शनको क्रममा आक्रोशित स्थानीयले आरोपी साहको घर समेत जलाएका छन्। आगजनीभएको घरमा आगो निभाउन जान खोज्दा प्रहरीमाथि अवरोध भएपछि प्रहरीले गोली चलाएको थियो । अहिले बर्दिबासको अवस्था तनावग्रस्त छ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  २ : ५९ बजे

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

न्यूयोर्क । चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस तुरुन्तै

काठमाडौंको हाँडीगाउँमा बृहत् रक्तदान

काठमाडौं । अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा धन्यन्तरी युवा समूहको आयोजना

उर्लाबारीमा ३७० जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

उर्लाबारी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति

भोलि लुम्बिनी प्रदेशको बजेट प्रदेशसभामा प्रस्तुत हुँदै

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा