८ बैशाख २०८१, शनिबार | April 20, 2024

बर्दिबास बालिका हत्या प्रकरण : गोली लागेका घाइतेको उपचारको क्रममा मृत्यु



महोत्तरी। महोत्तरी बर्दिबासकी ६ वर्षीया बालिका हत्याको विरुद्धमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

बर्दिबासका सन्जय न्यौपानेको उपचारको क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा राति साढे १२ बजे मृत्यु भएको हो ।

तिघ्रामा गम्भीर चोट लागेका न्यौपानेलार्इ स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।

तिघ्रामा गोली लागेपछि उच्च रक्तस्राव भएको र समयमा नै रगत दिन नसकेका कारण न्यौपानेको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

आइतबार बेलुकादेखि बर्दिबास नगरपालिका १४ शुभम् बस्तीबाट हराएकी सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव बोरामा राखेर फालेको अवस्थामा फेला परेको थियो ।

स्थानीय अरुण किराना पसलका संचालक २५ वर्षीय अरुण कुमार साहले बलात्कार गरी हत्या गरेको स्थानीयबासीको आरोप छ ।

साहले हत्या आफुले गरेको र शव बोरामा राखेर फालेको प्रहरी समक्ष स्वीकार गरिसकेका छन् । ।

बालिका बलात्कार तथा हत्याको विरोधमा मंगरबार बिहानैदेखि बर्दिबासमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरीएको थियो ।

प्रदर्शनको क्रममा आक्रोशित स्थानीयले आरोपी साहको घर जलाएका थिए ।आगजनी भएको घरमा आगो निभाउन जान खोज्दा प्रहरीमाथि अवरोध भएपछि प्रहरीले गोली चलाएको थियो ।

आक्रामक भिडलार्इ नियन्त्रण लिन प्रहरीले गोली फायर गर्दा न्यौपानेसहित ३ जना घाइते भएका थिए । अन्य २ जना घाइते श्याम कार्की र अफताव आलमको बर्दिबास कै स्थानिय अस्पतालमा उपचार भैइरहेको छ ।

 

 

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ७ : २५ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन