१८ श्रावण २०८३, सोमबार | August 4, 2026

नेपालकी सपना रोका मगर बीबीसीको ‘टप-१०० प्रेरक महिला’को सूचीमा



काठमाडौं। नेपालको म्याग्दी जिल्लाकी सपना रोका मगर बेलायतको लण्डनबाट प्रशारण हुने समाचार संस्था बीबीसीले सार्वजनिक गरेको ‘विश्वका १०० प्रेरक तथा प्रभावशाली महिला’को सूचीमा परेकी छन्।

बीबीसीले राति सार्वजनिक गरेको वर्ष २०२० को ‘प्रेरक तथा प्रभावशाली १०० महिलाको सूची’मा सपना रोका मगरको नाम पनि समावेश गरिएको छ ।

कठीन परिस्थितिमा केही फरक काम र फरक पहिचान कायम गरी समाजमा परिवर्तन ल्याउने महिलाहरूलाई सूचीमा राखिएको बीबीसीले जानकारी दिएको छ।

बीबीसीमा ‘टप १००’ महिलाको सूचीमा सूचीमा नेपालकी सपनासहित फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिन, न्यु अवतार र मार्भल फिल्मका मिचेल यिओ लगायत छन् ।

अक्फोर्ड युनिभर्सिटीले गरेको कोरोना भाइरसविरूद्धको भ्याक्सिनको अनुसन्धानमा जुटेकी सरा गिल्बर्टको नाम पनि टप १०० को सूचीमा समावेश गरिएको छ ।

“यो असाधारण वर्षमा विश्वका कयौं महिलाले दोस्रो व्यक्तिलाई मद्दत गर्दा आफ्नो ज्यान दिएका छन्। १०० महिलाको सूचीमा एक नाम श्रद्धाञ्जलिको रूपमा ती महिलाहरूको सम्झनामा खाली छोडिएको छ,” बीबीसीले भनेको छ।

बीबीसीले टप १०० प्रेरक महिला भने पनि ९९ जनाको नाममात्र सो सूचीमा समावेश गरेको छ ।

सपना तीनै किशोरी हुन् जसले आफन्तको अभावमा वा कोरोनाको त्रासमा बेवारिसे बनेकाहरुको शव ब्यवस्थापन गर्दै आएकी छिन् ।

उनले १८ वर्षको कलिलो उमेरमै उनले ३ सयवटा बेवारिसे शवलाई हिन्दु परम्पराअनुसार जलाएर अन्तिम संस्कार गरिसकेकी छिन् ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : ४५ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क