४ पुस २०८२, शुक्रबार | December 20, 2025

भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । मंगलबार नेपालगन्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्युठानको नौबाहिनी गाउपालिका वडा नं.६ निवासी ७८ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि कार्तिक ३० गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको १ गते कोरोना रिर्पाट पोजेटिभ आएको थियो ।

रिर्पाट पोजेटिभ आएपछि उनलाइ २ गते साझ ६ बजे भेरी अस्पतालको कोभिड १९ आइसोलेसन युनिटमा भर्ना गरिएको थियो । उनलाई सबैप्रकारका उपचार विधि अपनाएर उपचार गर्दागर्दै मंगलबार बिहान ९ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फाकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा आएर उपचार गराउँदा गराउँदै मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १० : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको