१० भदौ २०८३, बुधबार | August 26, 2026

प्युठानमा एकै दिन थपिए १४ संक्रमित



खलङ्गा । प्युठानमा एकै दिन १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका र ऐरावती गाउँपालिकाका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा नौबहिनी गाउँपालिकाका एक महिलासहित ५ जना र ऐरावती गाउँपालिकाका ९ पुरुष गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

नयाँ थप भएका संक्रमितहरु क्वारेन्टाइनमै बसेका र उनिहरु २ देखी ६१ बर्ष उमेर समुहका रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

प्युठानमा मंगलबार दिउँसो पनि ४ जना नयाँ संक्रमित थपिएका थिए ।

पछिल्लो रिपोर्ट सँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ४ सय ३५ पुगेको छ । प्युठानमा १ जनाको मृत्यु भइ सकेको छ भने ३ सय ७४ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार स्वाव संकलन गरिएका १ सय ८८ जनाको पिसिआर नतिजा आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ९ : ५८ बजे

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय