१० भदौ २०८३, बुधबार | August 26, 2026

भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । मंगलबार नेपालगन्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्युठानको नौबाहिनी गाउपालिका वडा नं.६ निवासी ७८ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि कार्तिक ३० गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको १ गते कोरोना रिर्पाट पोजेटिभ आएको थियो ।

रिर्पाट पोजेटिभ आएपछि उनलाइ २ गते साझ ६ बजे भेरी अस्पतालको कोभिड १९ आइसोलेसन युनिटमा भर्ना गरिएको थियो । उनलाई सबैप्रकारका उपचार विधि अपनाएर उपचार गर्दागर्दै मंगलबार बिहान ९ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फाकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा आएर उपचार गराउँदा गराउँदै मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १० : ३७ बजे

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय