४ बैशाख २०८१, मंगलबार | April 16, 2024

सुन तोलामा १८०० रुपैयाँ घट्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला एक हजार ८०० ले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छ ।

सोमबार प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज एक हजार ८०० ले ओरालो लागेको हो ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला ३० ले ओरालो लागेर एक हजार १८० मा कारोबार भएको छ ।

 

 

 

 

 

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १२ : २७ बजे

चैतेदशैँको अवसरमा बिहानैदेखि बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो

बागलुङ । आज चैतेदशैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम

भद्रपुर-इलाम-सलकपुर सडक कालोपत्र गरिँदै

झापा । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र

आज चैतेदशैँ, शक्तिस्वरुपा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना

दैजी-जोगबुढा सडक निर्माण कछुवा गतिमा

कञ्चनपुर । विसं २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको