२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

बालिका हत्या प्रकरण : बर्दिबासमा गोली चल्यो, ३ जना घाईते



महोत्तरी । बर्दिबासकी ६ वर्षीया बालिका हत्याको बिरुद्धमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । बालिका गुलाब साह खातुनको बालत्कार गरी हत्या गरेको भन्दै स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको हो।

प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार प्रहरीको गोली लागेर बर्दिबासका संजय भनिने बुद्धिराज न्यौपाने, अफताब आलम र श्याम कार्की घाइते भएका छन्।

न्यौपानेको तिघ्रामा, आलमको टाउकोमा गोली लागेको प्रत्यक्षदर्शीले बताए । न्यौपाानेको थप उपचारका लागि पिनायक हस्पिटलबाट काठमाडौं रेफर गरिएको छ भने अन्य घाइतेको शुभ स्वस्तिक हस्पिटलमा उपचार हुँदै छ।

आइतबार बेलुकादेखि बर्दिबास नगरपालिका १४ शुभम् बस्तीबाट हराएकी सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव बोरामा राखेर फालेको अवस्थामा फेला परेको थियो।

उनलाई स्थानीय अरुण किराना पसलका संचालक २५ वर्षीय अरुण कुमार साहले बलात्कार गरी हत्या गरेको स्थानीयबासीको आरोप छ । साहले हत्या आफुले गरेको र शव बोरामा राखेर फालेको प्रहरी समक्ष स्वीकार गरिसकेको प्रहरी श्रोतले उल्लेख गरेको छ।

बालिका बलात्कार तथा हत्याको बिरोधमा बिहानैदेखि बर्दिबासमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन भइरहेको छ।

प्रदर्शनको क्रममा आक्रोशित स्थानीयले आरोपी साहको घर समेत जलाएका छन्। आगजनीभएको घरमा आगो निभाउन जान खोज्दा प्रहरीमाथि अवरोध भएपछि प्रहरीले गोली चलाएको थियो । अहिले बर्दिबासको अवस्था तनावग्रस्त छ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  २ : ५९ बजे

‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल