५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सदुरपश्चिममा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल



धनगढी । नेपाल आयल निगमले सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन नयाँ डिपो स्थापनाको पहल गरेको छ ।

निगम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख चित्तरञ्जन दासले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने सरकारको नीतिअनुसार सुदूरपश्चिम प्रदेशमा नयाँ डिपो स्थापनाको पहल भएको बताए ।

यसका लागि कैलालीको गोदावरी नगरपालिका, स्याउले बजार नजीक रहेको शिवशक्ति महिला सामुदायिक वन क्षेत्रको जग्गाको पहिचान गरिएको जनाइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट नेतृत्वको टोलीले केही दिनअघि सो जग्गाको स्थलगत रुपमा अध्ययन गरेको थियो ।

“नयाँ डिपो स्थापनाका लागि पहिचान गरिएको यो जग्गा प्राप्तिको पहल गर्न लागिएको छ”, दासले भने, “जग्गा प्राप्तिपछि ‘भर्टिकल‘ ट्याङ्कीसहितका संरचना निर्माणको प्रक्रिया शुरु गरिने छ ।”

झण्डै चार दशकअघि धनगढीको चटकपुरमा स्थापित निगमको कार्यालय परिसरमा पेट्रोलिम पदार्थको भण्डारण क्षमता घट्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा हाल दैनिक ४०० किलोलिटर डिजल र २०० किलोलिटर पेट्रोलको माग रहेको जनाइएको छ ।

सो मागका आधारमा निगमसँग तीन दिनलाई पुग्ने क्षमताको डिजलको ट्याङ्की र आधा दिनलाई पुग्ने क्षमताको पेट्रोलको ट्याङ्की मात्र छन् । माग बढ्दै जाँदा डिपोमा भण्डारण गरिने पेट्रोलियम पदार्थले धान्न नसक्दा ढुवानी गर्ने ट्याङ्करमा नै पेट्रोलियम पदार्थ भण्डारण गरिराख्नुपर्ने अवस्था छ ।

कार्यालय परिसरमा रहेको भण्डारण डिपो पछिल्ला वर्षमा मानव बस्तीले घेरिन थालेसँगै कुनै पनि समयमा जोखिम निम्तिनसक्ने खतरा पनि छ । डिपो परिसरमा पेट्रोलियम पदार्थ लिएर आउने ट्याङ्कर अड्याउने ठाउँसमेत अभाव हुँदा कार्यालय बाहिर रहेको ‘छ लेन‘ सडकका छेउमा ट्याङ्कर अड्याएर राख्नुपर्ने अवस्था छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ४ : ३७ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले