४ जेष्ठ २०८२, आइतबार | May 19, 2025

भारतमा ३८ हजार कोरोना सङ्क्रमित थपिए



नयाँ दिल्ली । कोरोनाभाइरसबाट धेरै प्रभावित मुलुकको अग्रपक्तिमा रहेको भारतमा थप झण्डै ३८ हजार मानिस सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ९७५ जना सङ्क्रमित भएका हुन् ।

योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ९१ लाख ७७ हजारभन्दा बढी पुगेको अधिकारीले जानकारी दिएका छन् ।

सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाको संख्या भने ८६ लाख पुगेको पनि भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ३४ हजार २१८ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये ४८० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

पछिल्लो एक दिनमा मृत्यु भएकामध्ये १२१ जना केन्द्रीय राजधानी दिल्लीका मात्रै रहेको जनाइएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको संख्या भने पाँच लाख भन्दा कम रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ४ : ४७ बजे

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम

नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न प्रचण्डको आग्रह

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको

स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली

बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म