२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

बर्दिबास बालिका हत्या प्रकरण : गोली लागेका घाइतेको उपचारको क्रममा मृत्यु



महोत्तरी। महोत्तरी बर्दिबासकी ६ वर्षीया बालिका हत्याको विरुद्धमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

बर्दिबासका सन्जय न्यौपानेको उपचारको क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा राति साढे १२ बजे मृत्यु भएको हो ।

तिघ्रामा गम्भीर चोट लागेका न्यौपानेलार्इ स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।

तिघ्रामा गोली लागेपछि उच्च रक्तस्राव भएको र समयमा नै रगत दिन नसकेका कारण न्यौपानेको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

आइतबार बेलुकादेखि बर्दिबास नगरपालिका १४ शुभम् बस्तीबाट हराएकी सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव बोरामा राखेर फालेको अवस्थामा फेला परेको थियो ।

स्थानीय अरुण किराना पसलका संचालक २५ वर्षीय अरुण कुमार साहले बलात्कार गरी हत्या गरेको स्थानीयबासीको आरोप छ ।

साहले हत्या आफुले गरेको र शव बोरामा राखेर फालेको प्रहरी समक्ष स्वीकार गरिसकेका छन् । ।

बालिका बलात्कार तथा हत्याको विरोधमा मंगरबार बिहानैदेखि बर्दिबासमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरीएको थियो ।

प्रदर्शनको क्रममा आक्रोशित स्थानीयले आरोपी साहको घर जलाएका थिए ।आगजनी भएको घरमा आगो निभाउन जान खोज्दा प्रहरीमाथि अवरोध भएपछि प्रहरीले गोली चलाएको थियो ।

आक्रामक भिडलार्इ नियन्त्रण लिन प्रहरीले गोली फायर गर्दा न्यौपानेसहित ३ जना घाइते भएका थिए । अन्य २ जना घाइते श्याम कार्की र अफताव आलमको बर्दिबास कै स्थानिय अस्पतालमा उपचार भैइरहेको छ ।

 

 

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ७ : २५ बजे

‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल