११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

भारतीय कांग्रेस वरिष्ठ नेता अहमद पटेलको निधन



एजेन्सी । भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन भएको छ ।

झण्डै एक महिना अघि कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएका ७१ वर्षका पटेलको गएराति साढे ३ बजेतिर निधन भएको परिवारले बताएका छन् ।

एकैपटक विभिन्न अंगले काम गर्न छाडेपछि उनको निधन भएको पटेलका छोरा फैसलले ट्वीट गरेर जानकारी दिएका छन् । उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन सबै नियमको कडाईका साथ पालना गर्न र व्यक्तिगत दुरी कायम गर्न तथा सामूहिक कार्यक्रम आयोजना नगर्न सबैलाई सुझाव पनि दिएका छन् ।

पटेल कांग्रेस पार्टीका कोषाध्यक्ष थिए । पटेल कांग्रेस प्रमुख सोनिया गान्धीको राजनीतिक सल्लाहकार रहेका बेलासम्म निकै शक्तिशाली रहे ।

उनी सन् १९८५ मा राजीव गान्धीको संसदीय सचिव बनेका थिए । उनी कांग्रेस पार्टीको कोषाध्यक्षको रुपमा २०१८ मा नियुक्त भएका थिए । आठ पटक सासंद् बनेका पटेल तीन पटक लोकसभामा र पाँच पटक राज्यसभामा चुनिएका थिए ।

 

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ७ : ५७ बजे

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आयोगको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई

संविधान संशोधन आवश्यक छ : उपेन्द्र यादव

भैरहवा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको

दाङमा बस दुर्घटना, ७ जना घाइते

तुलसीपुर । दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका

धादिङ बस दुर्घटनाको छानबिन गर्न जाँचबुझ समिति गठन

काठमाडौं । धादिङमा गएराति भएको बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश