२३ माघ २०८२, शुक्रबार | February 6, 2026

हज समितिमा अनियमितता भएको भन्दै उजुरी दर्ता



काठमाडौं । हज समितिका अध्यक्ष शमशेर मियाँले आर्थिक अनियमितता गरेको भन्दै सदस्यहरुले गृह मन्त्रालयमा उजुरी दर्ता गराएका छन् ।

गृह मन्त्रालयमा उजुरी दर्ता गराएका समितिका सदस्यहरुले मंगलबार मुस्लिम आयोगमा समेत ध्यानाकर्षण गराएका छन् ।

मुस्लिम आयोगमा पुगेका सदस्यहरुले अध्यक्ष मियाँलाई कारबाहीका लागि सहयोग गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । हज समितिका सदस्य नजीबुल्लाह अन्सारीले गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र संवैधानिक मुस्लिम आयोगमा अध्यक्ष मियाँले आर्थिक अनियमितता गरेको सम्बन्धमा प्रमाणसहित उजुरी दिएको बताउनुभयो ।

अध्यक्ष मियाँले हज यात्रामा जाने हाजीहरुको व्यवस्थापनमा करिब ३ करोड रुपैयाँ हिनामिना गरेको आरोप सदस्यहरुले लगाएका छन ।

हाजीहरु बस्नका लागि भवन व्यवस्थापन, खाना व्यवस्थापन, हवाई यात्रा लगायतमा अनियमितता भएको उनीहरुको भनाई छ । हज यात्रामा जानेहरुबाट अध्यक्ष मियाँले प्रति दिन १२ रियाल बढी रकम लिएको आरोप समेत समितिका सदस्यहरुले लगाएका छन् ।

हज यात्राका लागि राष्ट्रिय वाणिज्य बैंकमा जम्मा भएको १५ करोड रुपैयाँ ब्याज र कमिसनको लोभमा सनराइज बैंकमा सारेको आरोप समेत समितिका सदस्यहरुले लगाएका छन् ।

उनीहरुले अध्यक्ष मियालाई तत्काल हज समितिको अध्यक्षबाट हटाई कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १ : २४ बजे

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा