७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

साउदी सरकारले गरेको निर्णयअनुसार हज यात्राको शुल्क निर्धारण : हज समिति



काठमाडौं । साउदी अरव सरकारले निर्धारण गरे अनुसारनै हज यात्रा गर्नका लागि शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ ।

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउँदी अरव सरकारले निर्धारण गरे अनुसारनै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको प्रष्टयाएका हुन् । मियाँले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउँदी अरव सरकारको निर्णय अनुसारनै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि भएको पनि स्पष्ट पारे । शुल्क वृद्धि गरेर समितिका पदाधिकारीहरुले अनियमितता गरेको चर्चा भईरहेका बेला अध्यक्ष मियाँले यस्तो जवाफ दिएका हुन् । उनले साउदी अरव सरकारले नै वृद्धि गरेर शुल्क निर्धारण गरेको र सोही अनुसार अघि बढदा हजयात्राका लागि शुल्क वृद्धि हुन पुगेको उल्लेख गरे ।

अध्यक्ष मियाँले यस वर्षको हजयात्रीहरुलाई आगामी असार १५ गते भित्र मक्का पु¥याई सक्ने गरी आवश्यक तयारी भईरहेको पनि बताए । उनले भने, ‘नेपाल हज समितिले तोकेको शुल्क रकमका सन्दर्भमा नेपाल हज समितिका अध्यक्ष तथा समितिका अन्य पदाधिकारीहरुलाई लक्षित गरी साउदी अरवमा हुने खाना र घरभाडा शिर्षकमा व्यापक अनियमितता गरिएको भनि गरिएको दुस्प्रचारप्रति नेपाल हज समितिको गम्भिर ध्यानाकर्षण भएको छ । गत हज वर्ष २०१९ मा हज यात्राका लागि कूल २, २९, ७३१ रुपैयाँ शुल्क एकीन भई हज यात्रा गरिएकोमा यस वर्ष ४, ६३, ३९३ रुपैयाँ शुल्क रकम एकीन भएको सन्दर्भमा विगतभन्दा यस वर्ष शुल्क रकम वृद्धि भएको यथार्थ नै हो । शुल्क रकम वृद्धि हुनुको मुख्यकारण साउदी अरव सरकारले निर्धारण गरेको शुल्क रकममा आएको बृद्धि नै हो ।’

समितिले छनौट भएका हजयात्रीहरुलाई तोकिएको शुल्क यही जेष्ठ २३ गते भित्र जम्मा गरि सक्न पनि सचेत गराएको छ । समितिका अध्यक्ष मियाँले त्यसका लागि जेष्ठ १६ गतेको गोरखापत्र दैनिकमा सार्वजनिक सूचना जारी गरिएको पनि बताए ।

सरकारले विगत वर्षहरुमा झैं यस वर्ष पनि हजयात्राका लागि ४, ६३, ३९३ रुपैयाँ शुल्क रकम तोकेको छ । आर्थिक अवस्था कमजोर भएका इस्लाम धर्मावलम्वीहरुले हजयात्रा गर्न कठिनाई हुने भएकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउन पनि पहल भईरहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ५ : १२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल