१२ श्रावण २०८१, शनिबार | July 27, 2024

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व



नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार नेपालगन्जमा विदाई गरिएको छ । नेपालगन्जबाट साउदी अरबको मक्का मदिना हज गर्न जान लागेका हज यात्रीलाई औपचारिक रुपमा विदाई कार्यक्रम राखेर विदाई गरिएको हो ।

इस्लाम धर्मको पाँच स्तम्भ मध्येको एक हज गर्नका लागि हज यात्रीहरु मक्का मदिना प्रस्थान गरेका हुन् । बाँकेबाट मात्र यसवर्ष १ सय १३ जना हज्जीनहरु हज गर्नका लागि साउदी अरब जादैछन् । विदाई सँगै यात्रीहरु काठमाडौं प्रस्थान गरेका छन् ।

यसवर्ष हज गर्नका लागि देशभरबाट ७ सय ५३ जना जान लागेको हज कमिटीले जनाएको छ । नेपालगन्जको विपी चोकमा रहेको ईदगाहमा औपचारिक कार्यक्रम गरेर हज यात्रीहरुलाई विदाई गरिएको हो ।

विदाईका क्रममा राजनीतिक दलका नेता, विभिन्न क्षेत्रका अगुवा, जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । जेठ ५ गते बाँकेका हाजी र हज्जीनहरु काठमाडौंबाट साउदी अरबका लागि उड्ने भएका छन् ।

किन गरिन्छ हज यात्रा ?

हज (तिर्थयात्रा) वार्षिक रूपमा हुने इस्लाम तिर्थयात्रीहरूको मक्का सम्मको तिर्थ यात्रा हो । यो यात्रा हरेक इस्लाम धर्मालम्वीहरू जो शारिरीक रूपमा सबल छन् तथा आफू नहुँदाको परिवारको खर्च धान्न सक्ने व्यक्तिको लागि आफ्नो जीवनकालमा कम्तिमा एक पटक गर्नु पर्ने अनिवार्य तिर्थयात्रा हो । यो इस्लाम धर्मको पाँच स्तम्भ मध्ये एक स्तम्भ हो । हज विश्वको सबैभन्दा ठूलो वार्षिक पनि भेला हो ।

काबाको चारै तिर घडीको उल्टो दिशामा सात पटक घुम्दै हज गर्नको लागि शारिरीक तथा आर्थिक रूपमा सक्षम हुने अवस्थालाई इस्लाममा इस्तिता’अह भनिन्न र यो अवस्थामा पुग्ने मुसलमानलाई मस्तानी भनिन्छ । हजले मुस्लिमहरूको एकता तथा आफुलाई परमेश्वर (अल्लाह) लाई निहित गर्ने भावलाई प्रदर्शन गर्दछ । हज शब्दको अर्थ ‘यात्रा गर्ने सोच’ भन्ने हुन्छ, यसले दुबै वाहिरी र भित्री यात्रालाई जनाउँदछ ।

यो तिर्थयात्रा धु अल-हिज्जाहको ८ औ देखि १२ औ दिनमा हुने गर्दछ । जुन इस्लामिक पात्रोको अन्तिम महिनामा पर्दछ । इस्लामी पात्रो चन्द्र पात्रो भएकोले पश्चिमी देशहरूमा प्रयोग हुने ग्रेगोरियन पात्रो भन्दा एघार दिन कम हुन्छ । त्यही भएर ग्रेगोरियन पात्रोमा हजको मिति हरेक वर्ष फरक हुने गर्दछ । इहरम एक विशेष आध्यात्मिक अवस्थिती हो, जसमा मुलसमानहरू हजको दौरान हुने गर्दछ । यस अवस्थामा तिर्थयात्रीहरूले दुईटा सेतो कपडा र केही काम वा व्यवहारबाट अलग हुने गर्दछ ।

७ औँ शताब्दी देखि हज इस्लामी पैगंबर मुहम्मदको जीवनसँग जोडिएको छ, तर मुसलमानहरूका अनुसार मक्काको तिर्थयात्राको यो तिर्थ हजारौ वर्ष देखि इब्राहिमको समय देखि नै चलेको मान्यता रहेको छ । तिर्थयात्रीहरू लाखौ मानिसहरूको भेलामा सहभागि हुन्छन् । जसले एक साथ हजको हप्तामा मक्कामा जम्मा भएर त्यहाँ विभिन्न् धर्मविधीहरूमा भाग लिने गर्दछन् ।

प्रत्येक व्यक्ति एक घनाकार भवन काबाको चारै तिर घडीको उल्टो दिशामा सात पटक घुम्ने गर्दछ । अल सफा र अल मारवाह नाम गरेको पहाडको बिचमा अगाडि र पछाडि हिड्ने गर्दछन्, जमजमको कुवाको पानी पिउने गर्छन्, अराफातको पहाडको मैदानमा उठेर जागाराम बस्नको लागि जान्छन् र एउटा शैतानलाई ढुङ्गा हान्ने परम्परा पुरा गर्न ढुङ्गा हान्ने गर्दछन् । त्यस पश्चात तिर्थयात्रीहरूले आफ्नो कपाल फाल्छन्, पशु बलि दिन्छन् र यस पश्चात ईद उल-अधा नामको तीन दिनसम्मको वैश्विक उत्सव मनाउने गर्दछन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  १ : ३३ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्