२९ मंसिर २०८२, सोमबार | December 15, 2025

केपी ओली नेतृत्वको सरकार सानातिना व्यवधानले ढल्दैन : अर्थमन्त्री पौडेल (भिडियो सहित)



बुटवल । संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले केपी ओली नेतृत्वको सरकार पुरा पाँच वर्ष टिक्ने दाबी गरेका छन् ।

अर्थमन्त्री पौडेलले विकास समृद्दि र समाजवादको गन्तब्य तय नगर्दा सम्म वर्तमान सरकार टिकिरहने बताउंदै सानातिना व्यवधानले सरकारको कामलाई असर नपार्ने स्पष्ट पारे ।

रुपन्देहीको बुटवलमा आज तिनाउ दानव नदी करिडोर अयोजनाको शिलान्याश गर्दै अर्थमन्त्री पौडेलले प्रदेशको केन्द्र नहुँदैमा बुटवलको समृद्दि र विकासलाई कसैले रोक्न नसक्ने जिकिर गरे ।

तिनाउ दानव नदी करिडोर केन्द्र सरकारको बिशेष महत्वको आयोजना भएको बताउंदै उनले यो सडक पुरा भएपछि बुटवलबाट भारतीय सिमा मर्चवार सम्मको क्षेत्रको कायापलट हुने दाबी गरे ।

उनले नदि किनारमा बसोबास गर्दै आएका स्थानीयलाई सम्बोधन गर्दै विकासका लागि सहयोग गर्न आह्वान समेत गरे । नदि किनारमा बस्दै आएका भूमिहिनहरुलाई सरकारले बैकल्पिक ब्यवस्था गर्ने निर्णय गरिसकेको बताउँदै पौडेलले त्यस्ता नागरिकको लागत तयार गरेर स्थायी बसोबासको ब्यवस्था गरिने जानकारी दिए ।

पौडेलले रुपन्देहीको विकाससँग जोडिएका कुनै पनि काम नरोक्न सराकोरवालालाई कार्यक्रम स्थलबाटै निर्देशन समेतद दिए । उनले १ महिना भित्र राजमार्ग चौराहा बेलहिया सडक सम्पन्न गर्न निर्देशन दिनुका साथै चौराहा चिडिया खोला सडक खण्डमा अवरोध नपु-याउन स्थानीय घरधनीहरुलाई आग्रह गरे ।

उनले ३०, ३२ घरधनीले अवरोध गर्दैमा काम नै नगरि बस्ने परियोजनाका कर्मचारीको आलोचना गर्दै अवरोध भए बाहेकका स्थानमा तुरुन्त काम थाल्न निर्देशन दिए ।

अघिल्लो पटक अर्थमन्त्री हुँदा अगाडी सारेका सिद्धबाबा सुरुङमार्गको डीपीआर बनिसक्दा, बजेटको ब्यवस्था भईसक्दा र सबै तयारी हुंदा पनि टेण्डर प्रक्रिया अगाडी नबढेकोमा चिन्ता ब्यक्त गर्दै कार्यक्रम स्थलबाटै सुरुङमार्गको काम अगाडी नबढेको बिषयमा सम्बन्धित निकायलाई प्रश्न गरे ।

कार्यक्रमका बीच अर्थमन्त्री पौडेलले तिनाउ र दानव नदीलाई आधार बनाएर नदीको किनारै किनार बुटवलको जितगढीबाट भारतिय सिमा मर्चवार सम्मको सडक अन्तर्गत पहिलो चरणको ४.३ किलो मिटर सडकको शिलान्यास गरेका थिए ।

सो सडकको पहिलो चरण अन्तर्गत ४.३ किलो मिटर सडक ५२ करोड ४६ लाख ८३ हजार लागतमा २०८० साल असोज मसान्तमा सम्पन्न गर्ने गरि ठेक्का दिईएको छ ।

 

 

 

 

 

 

 

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : ३५ बजे

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू