१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

विदेशी विनिमय सञ्चिति पाँच प्रतिशतले बढ्यो



काठमाडौ । देशभित्र कूल विदेशी विनियम सञ्चिति पाँच प्रतिशतले वृद्धि भई कूल रु १४ खर्ब ७० अर्ब २६ करोड पुगेको छ ।

गत असार मसान्तमा रु १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति ४।९ प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा रु १४ खर्ब ७० अर्ब २६ करोड पुगेको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षकोे विवरणअनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा रु ११ अर्ब ६५ करोड रहेकोमा गत असोज मसान्तमा ७।८ प्रतिशतले वृद्धि भई रु १२ अर्ब ५५ करोड पुगेको छ । विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु १२ खर्ब २६ अर्ब १२ करोड रहेकामा गत असोज मसान्तमा ५.१ प्रतिशतले वृद्धि भई रु १२ खर्ब ८८ अर्ब ५५ करोड पुगेको छ । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु एक खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा गत असोज मसान्तमा ३।४ प्रतिशतले वृद्धि भई रु एक ८१ अर्ब रहेको छ ।

चालू आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५।६ महिनाको वस्तु आयात र १४।१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने बैंकले जनाएको छ । विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३९ प्रतिशत, ११७।३ प्रतिशत र ३२।९ प्रतिशत रहेका छन् ।

यस्तो छ आयात, निर्यातको अवस्था

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कूल वस्तु निर्यात १४।३ प्रतिशतले वृद्धि भई रु ३१ अर्ब पाँच करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४।४ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः १९.४ प्रतिशत र ७.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्प ५३.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा जुटका सामान, धागो ९पोलिष्टर तथा अन्य०, चाउचाउ, अलैँची, पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छालालगायतका वस्तुको निर्यात घटेको छ ।

चालू आवको तीन महिनामा कूल वस्तु आयात १२।७ प्रतिशतले घटेर रु दुई खर्ब ९२ अर्ब २७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २६.९ प्रतिशत र १९.० प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपूर्जा, खाने तेल, कोइलालगायत वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, हवाईजहाज तथा पार्टपूर्जा, अन्य मेसिनरी तथा पार्टपूर्जा, कच्चा पाम तेललगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm सुक्खा बन्दरगाह, कैलाली, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि आएको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

चालू आवको तीन महिनामा कूल वस्तु व्यापार घाटा १५।१ प्रतिशतले घटी रु दुई खर्ब ६१ अर्ब २२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १२ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यातआयात अनुपात १०।६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भ्रमण आयमा ९१।५ प्रतिशतले कमी आई रु एक अर्ब ४७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १७ अर्ब ३३ करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ७४।८ प्रतिशतले घटी रु पाँच अर्ब २९ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु चार अर्ब ४० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु २१ अर्ब रहेकोमा शिक्षातर्फको व्यय रु १० अर्ब १८ करोड रहेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ५० बजे

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना

काठमाडौं गोर्खाजलाई आठ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

काठमाडौं । मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित