१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

नेपालबाट भारततर्फ डिजेल तस्करी



विराटनगर । भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी भइरहेको छ ।

विगत केही दिनदेखि तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा अत्यधिक डिजेल लिएर जाने गरेका छन् । नेपालभन्दा भारतमा डिजेल महँगो मूल्यमा बिक्री भइरहेकाले यसको अवैध निकासी बढेको हो । हिजोआज नेपालको सिमावर्ती क्षेत्रका विभिन्न पेट्रोलपम्पमा डिजेल किन्नेको भीड लाग्ने गरेको छ ।

नेपाली बजारमा अहिले डिजेल प्रतिलिटर रु ८७ मा बिक्री भइरहेको छ । भारतीय बजारको तुलनामा नेपालमा डिजेल प्रतिलिटर रु १० सस्तो पर्छ । एउटा मोटरसाइकलमा चार वटासम्म ग्यालनमा डिजेल खरिद गरेर लुकिछिपी भारतीय बजारमा बेच्ने गरेको सूचना प्राप्त गरेपछि चोरी निकासी हुने स्थानमा प्रहरीले कडाइ गर्न थालेको छ

सोही सन्दर्भमा मोरङ प्रहरीले आज बिहान विराटनगर महानगरपालिका–११ स्थित केशलिया नहर छेउमा ४३० लिटर डिजेल बरामद गरेको छ । भन्सार छलेर डिजेल नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला सुनसरी हरिनगरा गाउँपालिका–६ का २५ वर्षीय शत्रुधन साह, सोही ठाउँका ३० वर्षीया नजाम खान र ५० वर्षीय अकवाल मियाँलाई तीन वटा मोटरसाइकलसहित पक्राउ गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ५६ बजे

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको