२ चैत्र २०८२, सोमबार | March 16, 2026

नेपालबाट भारततर्फ डिजेल तस्करी



विराटनगर । भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी भइरहेको छ ।

विगत केही दिनदेखि तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा अत्यधिक डिजेल लिएर जाने गरेका छन् । नेपालभन्दा भारतमा डिजेल महँगो मूल्यमा बिक्री भइरहेकाले यसको अवैध निकासी बढेको हो । हिजोआज नेपालको सिमावर्ती क्षेत्रका विभिन्न पेट्रोलपम्पमा डिजेल किन्नेको भीड लाग्ने गरेको छ ।

नेपाली बजारमा अहिले डिजेल प्रतिलिटर रु ८७ मा बिक्री भइरहेको छ । भारतीय बजारको तुलनामा नेपालमा डिजेल प्रतिलिटर रु १० सस्तो पर्छ । एउटा मोटरसाइकलमा चार वटासम्म ग्यालनमा डिजेल खरिद गरेर लुकिछिपी भारतीय बजारमा बेच्ने गरेको सूचना प्राप्त गरेपछि चोरी निकासी हुने स्थानमा प्रहरीले कडाइ गर्न थालेको छ

सोही सन्दर्भमा मोरङ प्रहरीले आज बिहान विराटनगर महानगरपालिका–११ स्थित केशलिया नहर छेउमा ४३० लिटर डिजेल बरामद गरेको छ । भन्सार छलेर डिजेल नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला सुनसरी हरिनगरा गाउँपालिका–६ का २५ वर्षीय शत्रुधन साह, सोही ठाउँका ३० वर्षीया नजाम खान र ५० वर्षीय अकवाल मियाँलाई तीन वटा मोटरसाइकलसहित पक्राउ गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ५६ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन