१७ माघ २०८२, शनिबार | January 31, 2026

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक जारी



काठमाडौं । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ ।

बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका छन् ।

बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सचिव पौड्याल नेतृत्वको प्रमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत तथा विदेश सचिव श्रृङ्गला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर) विभागका सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी रहेका छन् ।

त्यसअघि परराष्ट्रसचिवद्वयबीच सहसचिवद्वय हमाल र बाग्ची तथा राजदूत क्वात्राको उपस्थितिमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो । सचिव पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लािग सचिव श्रृङ्गला आजै काठमाडौँ आएका हुन् । उनलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा सचिव पौड्याल र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा राजदूत क्वात्रा एवं भारतीय दूतावासका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए ।

आफ्नो भ्रमणको उद्देश्यबारे जानकारी दिँदै विमानस्थलमा सचिव श्रृङ्गलाले नेपाली भाषामै भनेका थिए, “विदेश सचिवका रुपमा काठमाडौँ आउँदा मलाई अत्यन्त खुशी लागेको छ, पहिले पनि म काठमाडौँ आएको छु तर विदेश सचिवका रुपमा मेरो यो पहिलो भ्रमण हो । भारत र नेपाल निकटतम मित्र हुन्, हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई अझ अघि बढाउन म नेपाल आएको हुँ । ”

उनले आज (बिहीबार) र भोलि (शुक्रबार) आफू उच्चस्तरीय भेटवार्तामा व्यस्त रहने जानकारी दिँदै शुक्रबार गोरखा पुुगेर भारत सरकारले त्यहाँ पुनःनिर्माण गरेका तीन विद्यालय भवन उद्घाटन गर्ने समेत जनाएका थिए ।

गोरखामा ५० हजार घर बनाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणानुरुप ४० हजार घर बनिसकेको जानकारी दिँदै विदेश सचिव श्रृङ्गलाले मनाङमा निर्माण गरिएको बौद्ध गुम्बाको पनि शुक्रबार नै उद्घाटन हुने बताएका छन् । यद्यपि उनले उक्त गुम्बा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उद्घाटन हुनेबारेमा भने केही खुलाएनन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ३ : ०४ बजे

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष बिष्णुप्रसाद

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई

घोषणापत्रमा ‘भिजन-१०’ समेट्दै कांग्रेस, सुशासन र कार्यान्वयन योग्य योजनामा जोड

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने चुनावी

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ