३ फाल्गुन २०८१, शनिबार | February 16, 2025

सेयर बजारमा ऐतिहासिक कीर्तिमान



काठमाडौं । बिहीबार शेयर बजारले ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।

साताको पाँचौ दिनको कारोबारमा नेप्से परिसूचक र खरिदविक्री रकम दुबैले अहिलेसम्मको अधिकतम सीमामा नयाँ रेकर्ड कायम बनाएका छन् ।

बिहीबार नेप्सले यस अघिको उच्चतम विन्दु १ हजार ८ सय ८१ को विन्दुलाई क्रस गरी १ हजार ८ सय ९३ दशमलव २४ विन्दुमा पुगेर बन्द भएको छ ।

बिहीबार उतारचढाव बीच कारोबार बन्द हुँदा नेप्से १८ दशमलव ४३ अंकले बढेको छ । आज उचारचढाव भइरहदा नेप्से अधिकतम १ हजार ९ सय २७ विन्दु सम्म पुगेको थियो । सेन्सेटीभ परिसूचक पनि २ दशमलव ८५ अंकले बढेर ३ सय ६५ दशमलव १८ अंकमा बन्द भएको छ ।

कारोबार रकमले पनि अहिले सम्मकै नयाँ किर्तिमान कायम गरेको छ । दिनभर २ सय १ कम्पनीको ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँको १ करोड ७१ लख ८८ हजार ९९ कित्ता शेयर खरिद विक्री भएको छ ।

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकोले लगानीकर्ताले लगानी बढाउँदै गएका छन् । त्यसैले बजारमा शेयरको माग बढेको छ भने परिसूचक र कारोबार रकमले नयाँ उचाई चुम्दै गएका छन् । बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु, कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निस्कनु र कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम बढ्नुले लगानीकर्ताको मनोबल उच्च भएको देखिन्छ । त्यसैले पनि बजारमा परिसूचकहरुले नयाँ रेकर्ड बनाउँदै जाने विश्वास गरिएको छ ।

बिहीबारको बजारमा तिब्र उतारचढाव हुँदा केही समूहमा मात्रै वृद्धि देखिएको छ । बैंकिङ समूह २ दशमलव ७ प्रतिशत, जलविद्युत समूह शुन्य दशमलव ४६ प्रतिशत, अन्य समूह १ दशमलव २ प्रतिशत र म्युचुअल फण्ड समूह शुन्य दशमलव ६२ प्रतिशतले बढेको छ । बाँकी सबै समूह घटेका छन् ।

व्यापार समूह ५ दशमलव ३३ प्रतिशत, होटल समूह २ दशमलव १ प्रतिशत, विकास बैंक समूह शुन्य दशमलव ३९ प्रतिशत, वित्त समूह शुन्य दशमलव ६५ प्रतिशत, निर्जीवन बीमा समूह १ दशमलव ६७ प्रतिशत, लघुवित्त समूह शुन्य दशमलव ५८ प्रतिशत र जीवन बीमा समूह १ दशमलव २१ प्रतिशतले घटेका छन् ।

आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यो कम्पनीको ५८ करोड १३ लाख १७ हजार १ सय ७८ रुपैयाँको कारोबार भएकोछ । यस्तै नबिल बैंकको ३८ करोड ३४ लाख ४१ हजार रुपैयाँ बढीको कारोबार भएकोछ । २० करोड भन्दा माथि कारोबार हुने कम्पनीहरुमा शिवम सिमेन्ट, नेपाल दुरसञ्चार कम्पनी, नेपाल बैंक, प्रभु बैंक, हिमालयन डिस्टिलरी, र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ ।

बजारमा सबैभन्दा धेरै एनएमबि माइक्रोफाइनान्सका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । ९ प्रतिशत भन्दा धेरै कमाउनेमा पाचथर पावर कम्पनी, हिमायल उर्जा विकास कम्पनी, आखुखोला जलविद्युत कम्पनी लगायतका कम्पनीका शेयरधनी रहेका छन् ।

बजारमा तिब्र उतारचढाव हुँदा सबैभन्दा धेरै गुमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले गुमाएका छन् । यो कम्पनीको शेयर मूल्य आज ६ दशमलव १८ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ४ : ३६ बजे

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार