४ बैशाख २०८१, मंगलबार | April 16, 2024

आजको मौसम : चिसो बढ्ने, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव कायम रहेको छ । हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । त्यस्तै यी क्षेत्रका पहाडी भू-भागका एक, दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिन्छ ।

देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

जसका कारण बायुको तापक्रममा गिरावट आई चिसो बढ्ने विभागले जनाएको छ। त्यसैगरी आज राती प्रदेश नं १ को मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ६ : २७ बजे

दुई तेस्रो लिङ्गीसहित इलाम-२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका

भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका-५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे

कार्यवाहक अर्थमन्त्रीको जिम्मा नारायणकाजीलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रीको कार्यभार परराष्ट्रमन्त्री

रवि लामिछाने सहकारी प्रकरण : अनुसन्धानमा २ करोड ऋण लिएको देखियो, अभियोग लागेन

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं

प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता