२ चैत्र २०८२, सोमबार | March 16, 2026

गुल्मी जीप दुर्घटना अपटेड : ६ जनाको मृत्यु, दुई घाइते



गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा शुक्र बिहान जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नंको जीप इस्मा –४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र धनबहादुर अछामी, ३० वर्षीय वसन्त दर्लामी र मालिका गाउँपालिका–५ ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले बताए ।

घाइते तीनमध्ये इस्मा–४ का १९ वर्षीय फर्सुराम थापालाई भने उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइपु¥याए पनि बाटामै मृत्यु भइसकेको गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पाच्यले जानकारी दिए ।

दुर्घटनामा परी घाइते इस्मा–४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

दश यात्रु बोकेर सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप ब्रेकफेल भई दुर्घटना हुँदा सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ११ : ०३ बजे

ड्रोन घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनसँग सम्बन्धित एक घटनापछि उडानहरू

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका