६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

न्यायपरिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम अनुमोदन



काठमाडौं । न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ ।
शुक्रबार बसेको समितिको बैठकले न्याय परिषद् सदस्यमा प्रस्तावित श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन गरेको हो । नेपाल बार एसोसिएसन, कार्यसमितिको गत कात्तिक २२ गते श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति सञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम अनुमोदन भएको सभापति लक्ष्मण लाल कर्णले बताए ।

सुनुवाईका क्रममा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै श्रेष्ठले न्याय परिषदमा कार्यपालिका हाबी हुन नहुने बताए । कार्यपालिका हाबी भएसम्म न्यायपालिका स्वतन्त्र नहुने उनको भनाइ छ । न्याय परिषद्को संरचना परिवर्तन हुनुपर्ने उल्लेख गर्दै उनले न्यायपालिकालाई स्वतन्त्र बनाउन न्यायपरिषदको संरचना नै परिवर्तन गर्नुपर्ने बताए ।

आफु सदस्यमा नियुक्त भएमा आफुले गर्ने कामहरुको विवरण पनि श्रेष्ठले प्रस्तुत गरेका छन् । श्रेष्ठले आफु सदस्यमा नियुक्त भए न्यायधीश नियुक्तिलाई नेपालको संविधान र न्यायपरिषद ऐन अनुसार पारदर्शी बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाए । न्यायपालिकाको गरिमा कायम राख्नका लागि आफ्नो तर्फबाट स्वतन्त्र भूमिका निर्वाह गर्ने उनले प्रतिवद्धता जनाए ।

न्यायपरिषद्को कार्यलाई संस्थागत र पारदर्शी बनाउन, अदालत प्रति जनआस्था कायम राख्न सशक्त भूमिका खेल्ने र न्यायापालिकामा देखा परेका कमजोरीहरु जाँच गरी त्यसमा सुधार गर्न प्रभावकारी भूमिका खेल्ने श्रेष्ठले आफ्नो कार्ययोजनामा उल्लेख गरेका छन् ।

संसदीय समितिले अनुमोदन गरेसँगै श्रेष्ठ चार वर्षका लागि परिषद् सदस्य बन्ने बाटो खुलेको छ । श्रेष्ठ यसअघि पनि न्याय परिषद सदस्य भइसकेका व्यक्ति हुन् । नयाँ संविधान बनेपछि उनले आफ्नो कार्यकाल पूरा नहुँदै पदमुक्त भएका थिए ।

न्यायाधीश नियुक्ति, आचरण अनुगमन र कारबाही गर्ने निकाय न्याय परिषदमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था रहेको छ । सदस्यहरुमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, नेपाल बार एसोसिएसनको सिफारिसमा एक जना वरिष्ठ अधिवक्ता र प्रधानमन्त्रीको सिफारिसमा एक जना कानुनका विज्ञ सदस्य रहने व्यवस्था छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ४ : ०८ बजे

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक