१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपाली हवाई उड्डयनलाई प्रतिबन्ध लगाउनुको औचित्य छैन : मन्त्री भट्टराई



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउने औचित्य नभएको दावी गरेका छन् ।

नगरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुरक्षा रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउनुपर्ने औचित्य समाप्त भइसकेको बताएका हुन् ।

तरपनि युरोपियन आकाशमा भएको प्रतिवन्ध हटाउन अझै केही कानूनी पुनरसंरचना गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि नागरिक उड्डयन प्राधिकरणको संरचनालाई दुइ भागमा विभाजन गरी दुईवटा संगठन बनाउने प्रक्रिया अगाडि बढसिकेको उनले बताए । उक्त विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल भई अगाडि बढिसकेको र आउने अधिवेशनमा प्रतिनिधि सभामा समेत टेबुल हुने चरणमा रहेको उनले जनाए । अहिले प्रकाशित भएको सेफ्टी रिपोर्ट र संगठनात्मक पुनरसंरचनाको कानूनी निर्णयबाट नेपालको हवाई उड्डयन क्षेत्रको कुनैपनि प्रतिवन्धहरु फुकुवा हुने ठाउँमा पुग्ने मन्त्री भट्टराईले विश्वास व्यक्त गरे ।

कोभिडको व्यापक संक्रमण भएको अवस्थामा पनि नेपालको एयरपोर्ट एक दिन पनि बन्द नभएको दावी समेत मन्त्री भट्टराईले गरे । नियमित उडान बन्द गरिएपनि एयरपोर्ट बन्द नभएकोले नेपालको उड्डयन क्षेत्रले आफ्नो क्षमता विश्व सामु देखाइसकेको उनको भनाइ छ । अहिले पनि केही अन्तर्राष्ट्रिय गन्तव्य बाहेक नेपाले विगतमा नियमित उडान गरेका गन्तव्यमा नेपालको तर्फबाट खुल्ला गरिएको पनि बताउँदै उनले नेपालले कोभिड रोकथामका लागि उड्डयन क्षेत्रमा लागू गरेको मापदण्ड विश्वमै उदाहरणीय भएको दाबी गरे ।

प्राधिकरणले सार्वजनिक गरेको सेफ्टी रिपोर्ट अनुसार नेपालमा हवाई उड्डयनमा दुर्घटना कम हुँदै गएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पछिल्लो तीन वर्षमा वार्षिक १ वटा दुर्घटना भएको र मानविय क्षति समेत कम भएको बताए ।

हवाई उड्डयनलाई सुरक्षित बनाउन आइकाओको एभिएसन सेफ्टी रिपोर्ट अनुसार प्रोएक्टिभ अवधारणा र रिएक्टिभ अवधारणा अनुसार सेफ्टी रिपोर्ट तयार पारिएको समेत पोखरेलले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ५ : ०७ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर