२२ भदौ २०८३, सोमबार | September 7, 2026

प्याराग्लाइडिङ भित्रका उच्छृङ्खलता : उड्दाउड्दै फूल टिपेर यात्रुलाई दिइन्छ



पोखरा । पोखराको आकाशमा प्याराग्लाइडिङ उड्न थालेको दुइदशक नाघिसकेको छ ।

यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परे । ती दुर्घटनामा परेर केहीले ज्यान पनि गुमाए । तर, गत सोमबारको दुर्घटनामा परेर पाइलट राजु गैरे नेपाली (३८) को ज्यान गएको घटना भने सबैका लागि नौलो थियो । किनभने टेण्डम (यात्रु सहित) उडान दुर्घटना हुँदा पाइलटले ज्यान गुमाएको यो पहिलो घटना थियो ।

यसअघिका घटनामा सोलो (एकल) उडानका वा प्रशिक्षार्थी पाइलट मात्रै बढीजसो दुर्घटनामा पर्दै आएका थिए । टेण्डम उडान दुर्घटनामा परिहाले पनि यात्रु र पाइलट सामान्य घाइते हुने गरेका थिए । यो पटक अनुभवी टेन्डम पाइलटले नै ज्यान गुमाएका छन् ।

सोमबारको घटनाबाट प्याराग्लाइडिङका एकजना अनुभवि पाइलटको ज्यान त गएको छ नै त्यो घटनापछि उडान दौरान पाइलटले गर्ने केही गल्तीबारे पनि बहस चल्न थालेको छ । अनुभवि पाइलटहरुका अनुसार प्याराग्लाइडिङ उडानमा कतिपय पाइलटले गर्नै नहुने गतिविधि गर्छन, जसले गर्दा दुर्घटनाको जोखिम बढाएको छ ।

प्याराग्लाइडिङका अनुभवि पाइलट दामोदर पराजुली भन्छन्, ‘पाइलटले गर्नै नहुने गतिविधि गर्दा पनि दुर्घटनाको जोखिम छ । पाइलटका उश्रृंखल गतिविधिले दुर्घटना दोहोरिने गरेका छन् ।’ प्याराग्लाइडिङ पाइलटका प्रशिक्षक समेत रहेका पराजुलीका अनुसार उडान दौरान यात्रुलाई रोमाञ्चकता दिलाउने भन्दै कतिपय पाइलटले भूइ नजिकै झरेर फूल र रुखको पात टिप्ने गतिविधि पनि गर्छन् ।

त्यसले गर्दा दुर्घटनाको जोखिम बढि हुन्छ । ‘आकाशमा उडिरहेको ग्लाइडरलाई रुख नजिकै ल्याएर फूल र पात टिप्न खोज्नुलाई उश्रृंखलता भन्न सकिन्छ,’ उनले भने, ‘उडिरहँदा फूल र पात टिप्न खोज्नु मुर्खता हो ।’ पात र फूल टिपेर यात्रुलाई दिएर खुसी पार्ने निहुँ पाइलटले बनाउने गरेको उनले बताए । ‘उडिरहेको बेला रुखको नजिकै आएर फूल र पात टिपेर यात्रुलाई दिने पाइलटलाई खोजीखोजी कारवाहि गर्नुपर्छ,’ उनले भने ।

श्रोतका अनुसार गत सोमबारको घटना हुनुमा पनि पाइलटले रुखको पात टिप्न खोज्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर, त्यसको यकिन कारण पहिचान गर्न विशेष अध्ययन टोली खटाइएको छ । उनका अनुसार उडान दौरान कतिपय यात्रुले नयाँ र रोमाञ्चक गतिविधि गराउन पाइलटलाई अनुरोध पनि गर्छन् । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ६ : ४८ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त