१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

प्याराग्लाइडिङ भित्रका उच्छृङ्खलता : उड्दाउड्दै फूल टिपेर यात्रुलाई दिइन्छ



पोखरा । पोखराको आकाशमा प्याराग्लाइडिङ उड्न थालेको दुइदशक नाघिसकेको छ ।

यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परे । ती दुर्घटनामा परेर केहीले ज्यान पनि गुमाए । तर, गत सोमबारको दुर्घटनामा परेर पाइलट राजु गैरे नेपाली (३८) को ज्यान गएको घटना भने सबैका लागि नौलो थियो । किनभने टेण्डम (यात्रु सहित) उडान दुर्घटना हुँदा पाइलटले ज्यान गुमाएको यो पहिलो घटना थियो ।

यसअघिका घटनामा सोलो (एकल) उडानका वा प्रशिक्षार्थी पाइलट मात्रै बढीजसो दुर्घटनामा पर्दै आएका थिए । टेण्डम उडान दुर्घटनामा परिहाले पनि यात्रु र पाइलट सामान्य घाइते हुने गरेका थिए । यो पटक अनुभवी टेन्डम पाइलटले नै ज्यान गुमाएका छन् ।

सोमबारको घटनाबाट प्याराग्लाइडिङका एकजना अनुभवि पाइलटको ज्यान त गएको छ नै त्यो घटनापछि उडान दौरान पाइलटले गर्ने केही गल्तीबारे पनि बहस चल्न थालेको छ । अनुभवि पाइलटहरुका अनुसार प्याराग्लाइडिङ उडानमा कतिपय पाइलटले गर्नै नहुने गतिविधि गर्छन, जसले गर्दा दुर्घटनाको जोखिम बढाएको छ ।

प्याराग्लाइडिङका अनुभवि पाइलट दामोदर पराजुली भन्छन्, ‘पाइलटले गर्नै नहुने गतिविधि गर्दा पनि दुर्घटनाको जोखिम छ । पाइलटका उश्रृंखल गतिविधिले दुर्घटना दोहोरिने गरेका छन् ।’ प्याराग्लाइडिङ पाइलटका प्रशिक्षक समेत रहेका पराजुलीका अनुसार उडान दौरान यात्रुलाई रोमाञ्चकता दिलाउने भन्दै कतिपय पाइलटले भूइ नजिकै झरेर फूल र रुखको पात टिप्ने गतिविधि पनि गर्छन् ।

त्यसले गर्दा दुर्घटनाको जोखिम बढि हुन्छ । ‘आकाशमा उडिरहेको ग्लाइडरलाई रुख नजिकै ल्याएर फूल र पात टिप्न खोज्नुलाई उश्रृंखलता भन्न सकिन्छ,’ उनले भने, ‘उडिरहँदा फूल र पात टिप्न खोज्नु मुर्खता हो ।’ पात र फूल टिपेर यात्रुलाई दिएर खुसी पार्ने निहुँ पाइलटले बनाउने गरेको उनले बताए । ‘उडिरहेको बेला रुखको नजिकै आएर फूल र पात टिपेर यात्रुलाई दिने पाइलटलाई खोजीखोजी कारवाहि गर्नुपर्छ,’ उनले भने ।

श्रोतका अनुसार गत सोमबारको घटना हुनुमा पनि पाइलटले रुखको पात टिप्न खोज्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर, त्यसको यकिन कारण पहिचान गर्न विशेष अध्ययन टोली खटाइएको छ । उनका अनुसार उडान दौरान कतिपय यात्रुले नयाँ र रोमाञ्चक गतिविधि गराउन पाइलटलाई अनुरोध पनि गर्छन् । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ६ : ४८ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै