४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेकपा सचिवालय बैठक बस्दै, प्रचण्ड प्रस्ताव विरुद्ध ओलीको ‘काउन्टर अट्याक’ आउँदै



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पुनः बस्दैछ ।

दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट तयार पारिएको ‘राजनीतिक’ प्रस्ताव पेश गर्नेछन् ।

यही गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दालल प्रचण्डले ‘सचिवालयका ५ सदस्यहरुको भावना’ समेट्दै आफ्नो तर्फबाट १९ पृष्ठको ‘राजनीतिक प्रस्ताव’ पेश गरेपछि मंसिर ३ गते बसेको बैठकमा ओलीले त्यसको लिखित जवाफ दिने जनाएका थिए । ओलीले प्रस्ताव लेखनका लागि १० दिनको समय माग गरेपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो ।

प्रचण्डको प्रस्तावलाई ओलीले आरोपपत्र भन्दै अस्वीकार गरेका थिए । आफ्ना सहयोगीहरुले तयार पारेको प्रस्तावलाई शुक्रबार साँझ ओलीले फाइनल गरेका छन् । सोही प्रस्ताव आज ओलीले पेश गर्नेछन् । प्रस्तावमा प्रचण्डले लगाएका राजनीतिक र व्यक्तिगत आरोपको एक एक जवाफ फर्काइएको ओली निकट नेताहरुले बताएका छन् ।

प्रचण्डको सचिवालयले यसअघि ओलीसँग गरेको पत्राचार र प्रस्तावलाई प्रकाशित गरेर तल्लो तहसम्म पुर्याएपछि झन बढी आक्रोशित बनेको ओली पक्षले प्रचण्डहरु पार्टी विभाजनको तयारीमा लागेको निस्कर्ष निकाल्दै त्यसको काउन्टर गर्ने तयारी सुरु गरिसकेको छ । पार्टी सचिवालय बैठकको अडियो रेकर्ड गरेर सार्वजनिक गरिसकेको ओली समुहले आज प्रस्तुत हुने प्रस्तावलाई समेत तत्कालै सार्वजनिक गरी प्रचण्डहरुमाथि थप आक्रमण गर्ने योजना बनाएको छ ।

पार्टी फुटको अन्तिम विन्दुमा पुग्ने अवस्थामा एक नेताले अर्को नेतालाई विभिन्न आरोप लगाउँदै पत्राचारहरु गर्ने प्रवृत्ति नेपालको कम्युनिष्ट आन्दोलनमात्रै नभएर विश्वकै कम्युनिष्टहरुको चरित्र हो ।

अहिले नेकपाभित्र चलेको पत्रयुद्ध र राजनीतिक प्रस्ताव युद्धको अट्याक काउन्टर अट्याकले पार्टी विभाजनको अन्तिम यात्रा सुरुभएको निस्कर्ष निकाल्न सकिन्छ । यद्यपी, ओली र प्रचण्ड नजिक रहेका केही नेताहरुले अझै पनि पार्टी विभाजन रोक्नका लागि पहल र अपील गरिरहेका छन् ।

स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शनिबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दुवै प्रस्ताव फिर्ता गर्न अपील गरेका छन् । उनले भनेका छन् ‘म फेरी पनि भन्छु पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगितगरी एकिकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको वैठक अग्रसर होस्।’

 

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : ३४ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ