४ पुस २०८२, शुक्रबार | December 19, 2025

खै किन बनेन मेरो देश ?



मण्डेला,
फिडेल,
हो चि मिन्ह,
बारे पढ्छु अनि गम्छु,
र यिनीहरुको देश
म पुगेँ, अवलोकन गरेँ,
अध्ययन गरी
जब तुलना गर्न पुग्छु ,
प्राकृतिक रुपले हामीसँग
उनीहरुको तुलनामा
सब थोक छ
अनि सोच्छु,
खै किन बनेन
मेरो देश ?
अनि उत्तर
स्पस्ट आउँछ,
आशा गर्नु
तर
आश नगर्नु
भविष्यमा धेरै पर
कोइ कतै
फेरि जन्म्यौं र
यो समाजको संरचना
फेरबेदल गर्न सक्यौं भने ,
अवश्यंम्भावी बन्ने छ मेरो देश
वहाँहरुको देश जस्तो,
समानता विभेद रहित
समाजवादी संरचनामा
दक्षिण अफ्रिका,
विश्वमा नै अब्बल
मेडिकल डाक्टरहरुको देश,
परोपकारी व्यवहारले
ओतप्रोत सहित समाजवादी संरचनाको
क्युवा,
अनि
साम्राज्यवादलाई हराउँदै,
विश्व मै अदभुत
उदाहरण प्रस्तुतीकरण गरेको
र अहिले द्रुत गतिमा
समाजवादी मोडेलमा
समृध्दितिर लम्किरहेको
भियतनाम !!

 

थापागाउँ, काठमाडौं/२०७७ मंसिर

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ११ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको