४ असार २०८२, बुधबार | June 18, 2025

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण



गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह आज पोखरामा लोकार्पण गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुुलपति सरुभक्त र कवि तीर्थ श्रेष्ठले एक समारोहबीच कृतिको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले चैतन्यलाई ५० कै दशकदेखि कविका रूपमा सुनेको स्मरण गगर्दै उनी समकालीन पोखरेली कविताका एक उदीयमान र प्रतिभावान् कवि भएको बताए । कवि अधिकारीमा गहन काव्यचेत, कोमल शब्दावली, हृदयस्पर्शी बिम्बमा सहज गाम्भीर्यतासहित अभिव्यक्त गर्ने क्षमता भएको उनले उल्लेख गरे ।

यसैगरी कवि श्रेष्ठले कविताको कुनै आकार नहुने र अधिकारीका कवितामा पनि आकारको बन्देज नभएको धारणा राखे । साना मसिना कथ्यलाई पनि टपक्क टिपेर कविताको बान्कीमा प्रस्तुत गर्न सक्ने कविका रूपमा उनले अधिकारीलाई चित्रण गरे ।

कृति समीक्षा गर्दै कवि, समालोचक सञ्जीव पौडेलले अधिकारीलाई समसामयिक विषय चेतमा कलम चलाउन र आफू छद्म रहेर समाजमा विद्रोह गर्न कविता नै पढ्न उक्साउने स्रष्टाका रूपमा पाएको टिप्पणी गरे ।

कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, संस्थाका पूर्वअध्यक्ष कवि एवम् उपन्यासकार सरस्वती प्रतीक्षा, शेखर पराजुुली, कौशल चन्द्र जीसी, रीता अधिकारी ऋतु, शिव त्रिपाठीलगायतले अधिकारीको व्यक्तित्व एवम् कृति सम्बन्धमा धारणा राखेका थिए ।

अधिकारीले एक दशकपछि दोस्रो कृति बजारमा ल्याएका हुन् । यसअघि उनको झरीको किनार कविता सङ्ग्रह प्रकाशित भएको थियो ।

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  ९ : ४९ बजे

विनयी खोलामा आएको बाढीले पुनः डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्ड पुन: अवरुद्ध भएको

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं । काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ