११ मंसिर २०८३, शुक्रबार | November 28, 2026

‘एशिया सेल्टर फोरम’को कार्यशाला काठमाडौंमा



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा एशिया सेल्टर फोरमको चौथो कार्यशाला गोष्ठी काठमाडौंमा हुन लागेको छ ।

एशिया प्रशान्त क्षेत्रमा आएका विपद्पछि आवास प्रतिकार्यमा हासिल गरिएका बृहत् अनुभव आदानप्रदान गर्ने मूल अभिप्रायले गोष्ठीको आयोजना गर्न लागिएको हो ।

गत वर्ष इन्डोनेशियामा आयोजित तेस्रो कार्यशाला गोष्ठीको सर्वसम्मत निर्णयबाट चौथो कार्यशाला नेपालमा गर्ने निर्णय भएको थियो ।

कोभिड–१९ को महामारीका कारण यसपटक यो कार्यशाला अनलाइन विधिबाट गर्न लागिएको हो । अवस्था सामान्य भए २०७७ चैतमा भौतिक उपस्थितिमा सप्ताहव्यापी कार्यक्रम काठमाडौँमै आयोजना गरिने बताइएको छ ।

गोष्ठीमा राम्रा अभ्यासको सिकाइबाट समुदायको संलग्नतामा समुदायबाट नेतृत्व गरिएका सुरक्षित र प्रतिष्ठित आवास कार्यक्रमका प्रयासलाई उजागर गर्दैै विपद् प्रतिकार्यमा सहकार्यका लागि सम्भावनाको खोजी गरिनेछ ।

फोरमले एशिया प्रशान्त क्षेत्रका आवास तथा आवासीय क्षेत्रमा काम गरिरहेका अभ्यासकर्तालाई एउटै मञ्चमा ल्याएर ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नुका साथै आवास अभ्यासकर्ताको क्षमता अभिवृद्धिका लागि प्रयास गर्नेछ ।

विपद् प्रतिकार्यमा सहकार्य एवं सहयोग गर्ने समुदायका लागि परीक्षण गरिएका उपयुक्त समाधानका विधिको जानकारी दिने र प्राविधिक सहयोग उपलब्ध गराउने लक्ष्यका साथ फोरमले यो क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गर्दै आएको छ ।

कार्यशाला गोष्ठीलाई हाउजिङ रिकोभरी एण्ड रिकन्स्ट्रसन प्लेटफर्म (एचआरआरपी), क्याथोलिक रिलिफ सर्भिसेस (सीआरएस), इन्टरनेशनल फेडरेशन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटिज (आइएफआरसी), युरोपियन युनियन (इयु), अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम), ह्याविट्याट फर ह्युम्यानिटी र गैरसरकारी संस्था महासङ्घले समन्वय गर्ने प्राधिकरणले जनाएको छ ।

कार्यशालाको उद्घाटन आज आइतबार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गर्नेछन् भने अध्यक्षता मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले गर्नेछन् ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ११ : ५३ बजे

Your email address will not be published.

दसौँ राष्ट्रिय खेलकुद : पौडी प्रतियोगितामा बागमती टिम च्याम्पियन

नेपालगन्ज । दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत नेपालगन्जमा भएको २३औँ पौडी प्रतियोगितामा

रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय

दसौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मी क्लब विजयी

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल

विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाउने तयारी

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलमा

ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था